काठमाडौं– प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ मा लज्जास्पद रुपमा पराजित भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले रास्वपाका वरिष्ठ नेता तथा निर्वाचित उम्मेदवार बालेन शाहलाई बधाई तथा शुभकामना दिएका छन् ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले सामाजिक सञ्जाल फेसबूकमा आफूविरुद्ध जित निकालेकोमा बधाई दिएका हुन् । रोचक त के भने ओलीले बालेनसँग तबलासहितको तस्बिर राखेका छन् ।
काठमाडौं महानगरपालिकाको मेयर हुँदा बालेनलाई ओलीले आफ्नो निवासमा तबला उपहार दिएका थिए । आज ओलीले सोही तस्बिरसहित बधाई दिएका हुन् ।
साथै उनले अबको पाँच वर्षे कार्यकाल सफल रहोस भनी शुभकामना समेत दिएका छन् । उनले लेखेका छन्, ‘बालेन बाबु,
बिजयको लागि तपाईंलाई बधाई !
तपाईंको पॉच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्- हार्दिक शुभकामना !’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।