काठमाडौं– झापा निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले प्रमाणपत्र लिएका छन् ।
उनलाई निर्वाचन अधिकृतको कार्यालयले शनिबार निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको हो । शाहसँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पराजित भएका हुन् ।
बालेन ६८ हजार ३४८ मतसहित निर्वाचित हुँदा उनका मुख्य प्रतिस्पर्धी ओली १८ हजार ७३४ मतमा सीमित भए । बालेनले ओलीलाई ४९ हजार ६१४ मतले पराजित गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।