रूपन्देही– लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसले पहिलो जित दर्ता गरेको छ ।
कपिलवस्तु निर्वाचन क्षेत्र नं। ३ मा नेपाली कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह विजयी भएका हुन्। शाहले कुल २३ हजार ५३५ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश रजौरियाले १८ हजार ८९० मत प्राप्त गरेका छन्। त्यस्तै नेकपा एमालेका उम्मेदवार विरेन्द्र कनोडियाले १४ हजार ७६३ मत प्राप्त गरेका छन्।
अभिषेक प्रताप शाहले आफ्ना निकटतम प्रतिद्वन्द्वी प्रकाश रजौरियालाई ४ हजार ६४५ मतको अन्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।