• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मत फेरिरहने जुम्लाले यसपटक फेरेन, ऐतिहासिक रेकर्ड ब्रेक गर्दै सदनमा ज्ञानेन्द्रको दोस्रो ‘इनिङ्स’!

64x64
नेपाल लाइभ शनिबार, फागुन २३, २०८२  १६:५२
1140x725

काठमाडौं– हरेक पटकका चुनावमा मत फेरिरहने जुम्लाले यसपटक भने उक्त प्रचलनमा ब्रेक लगाएको छ । अहिलेसम्मका चुनावहरुमा कसैले पनि दोहोरिएर नजितेको जुम्लामा त्यो रेकर्ड ब्रेक गर्ने उम्मेदवार हुन् राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) । 

अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित भएर सदनमा खरो र आक्रामक प्रहारका कारण चर्चामा आएका शाहीले यसपटक पनि बलिया र निर्विकल्प मानिएका नेकपाका नरेश भण्डारीलाई भारी मतान्तरले पछि पार्दै सदनको दोस्रो इनिङ्स सुरु गरे । जम्मा खसेको मत ४० हजार ८८७ मध्ये शाहीले १४ हजार ८ सय १६ मत प्राप्त गरी निर्वाचित भएका हुन् । निर्वाचन कार्यालयका अनुसार उनका प्रतिस्पर्धी नेकपाका नरेश भण्डारीले ११ हजार ५ सय ३५ मत प्राप्त गरेका छन् । विजेता शाही र भण्डारीबीच ३ हजार १ सय ८१ मतान्तर रहेको छ । तेस्रोमा रहेको कांग्रेसका दीपबहादुर शाहीले ७ हजार १४३, नेकपा एमालेका शान्तिलाल महतले ४ हजार ५१८, रास्वपाकी विनिता कठायतले ४२१ मत प्राप्त गरिन् ।  

अघिल्लो चुनावमा उनले माओवादी र कांग्रेस गठबन्धनबाट उम्मेदवार बनेकी माओवादीकी गोमा कुँवरलाई हराउँदै राप्रपाका लागि जुम्लाबाट पहिलो संसद् चुनिएका थिए । भलै नाम फरक होस् । तर यसपटक पनि उनका प्रतिस्पर्धी थिए पूर्व माओवादीका नेता नरेश भण्डारी । भण्डारी तिनै नेता हुन्, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनामा पहल गरेका कारण जिल्लाभर उनलाई सबैले बौद्धिक नेताका रुपमा चिन्छन् । यति मात्र नभई अघिल्लो निर्वाचनमा माओवादीबाट प्रदेश सभामा निर्वाचित भएर आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत बने । 

सोही कारण पनि जिल्लामा सबै उम्मेदवार एकातिर भए पनि नरेशलाई हराउन मुस्किल पर्नेछ भन्ने दाबी चुनावअघि हुँदै आएको थियो । तर दरिलो रणनीति र युवामाँझको प्रभावकारिताले उनै भण्डारीलाई शाहीले करिब ३ हजारको मतान्तरले पछि पार्दै जिल्लाबाट एक व्यक्ति सदनमा दोहोरिएर आउनेमा आफ्नो नाम दर्ज गराए । 

लामो भूमिगत आन्दोलन र त्यसपछि केन्द्रीय स्तरको राजनीतिमा आएर जिल्लामा पकड जमाइसकेका नेताका अगाडि ज्ञानेन्द्रको राजनीतिक अनुभव नगन्य जस्तै छ । तर उनी समय र परिस्थिति अनुसार अपडेट छन् । सोही कारण पनि असम्भव लागिरहेको यसपटकको निर्वाचनमा आफूलाई झन् उत्साहका साथ निर्वाचित गराउन सफल भए । यसमा अधिकांश युवा र पुराना पार्टीका नेता कार्यकर्ताको व्यवहारबाट दिक्क भएका जनताको भरपुर साथ रह्यो । 

Ncell 2
Ncell 2
nimb
nimb

०४८ साल माघ २४ गते जुम्लाको सिङ्जा गाउँपालिका वडा नम्बर ३ पिगी (साबिक नराकोट गाविस–७) मा जन्मिएका उनी भ्रष्टाचार विरोधी अभियान्ताका रुपमा अघि बढेका थिए । सामाजिक सञ्जाल, टेलिभिजन र युट्युबहरुमा पुराना दल र नेताहरुका भ्रष्टाचारमा फाइलहरु पल्टाउँदै प्रश्न उठाउन थालेपछि उनलाई चिन्न थालेका थिए । 

हाम्रो नेपाल, हामी नेपाली अभियानका संयोजक हुँदा २०७६ मा उनले आयोजना गरेको पत्रकार सम्मेलनमा कोही पनि पत्रकारहरु उपस्थित भइदिएनन् । केही संख्यामा आएका पत्रकारका अघि पत्रकारलाई नै बिकाउको संज्ञा दिएपछि उनीविरुद्ध मुद्दा परेको थियो । प्रहरीले पक्राउ गरेर काठमाडौं ल्यायो । त्यस क्रममा उनीमाथि भौतिक आक्रमसमेत भयो । सोही बेला उनको चर्चा एकाएक देश विदेशमा चुलियो । अहिले हेर्दा ठूलो स्वरले बोल्छ भन्दै खिसिट्यूरी गर्नेहरु धेरै छन् । तर उनको राजनीतिक संघर्ष भने कमको छैन । कक्षा १० सम्मको अध्ययन उनले गाउँमै गरेका थिए । एसएसलीपछि उनी विज्ञान विषय पढ्न काठमाडौंको त्रिचन्द्र कलेज पुगे । त्यो सकेपछि उनी सीए पढ्न भारतको राजधानी दिल्ली पुगे । तर अध्ययन पूरा नगरीकनै फर्किएको भनिए पनि यसबारे उनले आधिकारिक रुपमा कतै उल्लेख गरेका छैनन् । तर भारतीयहरुले गर्ने हेपाहा व्यवहारकै कारण आफू त्यहाँ बस्न नसकेर नेपाल फर्किएको उनी बताउँथे । नेपाल फर्किएपछि उनले नेपालमा भ्रष्टाचार र कुशासनको विरोधमा देशभर अभियान चलाए । 

ठूलो स्वर अजंगको शरीरले पनि उनको व्यक्तित्व आक्रामक देखिन्छ । तर सुरुवाती अभियानका क्रममा उनीमाथि ज्यान मार्नेसम्मका प्रयास भए । क्यान्टोनमेन्ट भ्रष्टाचार र जनयुद्धमा बालबालिका प्रयोग लगायतका विषयमा प्रश्न उठाउन थालेपछि उनी तत्काली नेकपा माओवादी केन्द्रको तारोमा परेका थिए । एमालेले पनि उनलाई तारो बनाएकी थियो । २०७६ भदौ २९ मा पुल्चोक गरिरहँदा पत्रकारको भेषमा पुगेका एमालेका कार्यकर्ताहरुले उनीमाथि भौतिक आक्रमण गरे । उनका लागि विर्षन नसकिने र नेपाली राजनीतिमा झन् वेगका साथ उडान भर्ने माध्यम बन्यो चितवनको घटना  । चितवनमा उनलाई माओवादी निकटका कार्यकर्ताहरुले कुटपिट गरी मर्‍यो भनेर गाडीमै छाडेका थिए । उनी भन्छन्, ‘धन्न बाँचे । मलाई त मर्यो भनेर छाडेका थिए । त्यस्ता आक्रमण हुन थालेपछि नै म सही रहेछु भन्ने लाग्यो । र त्यसपछि झन् प्रश्न गर्ने साहस बढ्दै गयो ।’

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

अघिल्लो निर्वाचन अघि मात्र उनी राप्रपामा प्रवेश गरेका थिए । राप्रपामा पनि उनको यात्रा वेगपूर्ण नै रह्यो । राप्रपाका प्रवक्ता बनेका उनी सदनमा प्रमुख सचेतकसम्म बने । केही जानकारहरु अघिल्लो चुनावमा शाहीकै चर्चाका कारण राप्रपाले समानुपातिकतर्फ ठूलो मत ल्याएर राष्ट्रिय पार्टी बन्न पुगेको हो । यसपटक पनि उनको उडान शानदारपूर्ण नै छ । तर सदनमा बलियो प्रतिपक्षीसमेत नरहेका बेला उनी कुन कित्तामा उभिन्छन् त्यो भने हेर्न बाँकी छ । प्रतिपक्षमा बसे भने बलियो सरकारलाई पनि उनका प्रश्नहरुको सामना गर्न सहज भने पक्कै हुनेछैन । 

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  १६:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? महाधिवेशनमा निर्वाचित उम्मेदवारमध्ये सर्वाधिक मत प्राप्त गर्ने शीर्ष १० जनाको सूचीमा सभापति थापासहित खुला केन्द्रीय सदस्य, महिला केन... शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले व्यक्तिगत कमजोरी वा गलत प्रवृत... शनिबार, असोज ३१, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति सहमति अनुसार श्रेष्ठसम्बन्धी विषय प्रेस काउन्सिल नेपालमा लगिनेछ। त्यस्तै, पन्तले पनि श्रेष्ठविरुद्ध सामाजिक सञ्जालमा पोस्ट नगर्ने सह... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्