काठमाडौं– एक मात्र निर्वाचन क्षेत्र रहेको जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानबहादुर शाहीले भारी अग्रता लिएका छन् । बेलुका ८ बजेसम्म गणना भएको १० हजार ५ सय २९ मतमध्ये शाहीले ५ हजार ६२२ मत प्राप्त गर्दै अग्रस्थानमा छन् ।
उनका प्रतिस्पर्धी मानिएका नेपाली कम्युनिष्ट पार्टीका नरेश भण्डारी २ हजार २ सय २ मतले पछि छन् । भण्डारीले २ हजार ४ सय २० मत प्राप्त गरेका छन् ।
यस्तै तेस्रोमा रहेका कांग्रेसका दीपबहादुर शाहीले १ हजार १ सय ८७ मत मात्र पाएका छन् । एमालेका शान्तिलाल महत ६ सय ४४ मतका साथ चौथो स्थानमा छन् भने नेमकिपाका बिर्षबहादुर रावतले १३६ मत पाएका छन् ।
रास्वपाकी बिनिता कठायतले ७६, प्रलोपाका मनऋषि धितालले ७०, नेपाल कम्युनिष्ट पार्टी माओवादीका बिर्खबहादुर शाहीले १८, नेपाल जनता पार्टीका रनीलविक्रम शाहीले १० र स्वतन्त्र उम्मेदवार भक्तबहादुर रावलले १ मत पाएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।