काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ८ मा रास्वपाका विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन् । उनी २४ हजार ५९२ मतका साथ विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुमन सायमीले ३ हजार २१७ मत पाएका छन् । यस क्षेत्रमा प्रतिस्पर्धामा रहेका ठूला र परम्परागत दलसहित अन्य सबै उम्मेदवारहरूको जमानत (धरौटी) जफत भएको छ ।
नेपाली कांग्रेसकी सपना राजभण्डारीले २ हजार ८ सय ३५ मतमै चित्त बुझाउनुपर्यो। नेकपा (एमाले) का राजेश शाक्य र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नबिन शाही दुवैले समान १ हजार ९ सय ९ मत प्राप्त गरे। उज्यालो नेपाल पार्टीका राजन खड्गीले १ हजार ३३ मत पाए। ठूला दलका यी कुनै पनि उम्मेदवारले आफ्नो धरौटी जोगाउन सकेनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।