काठमाडौं– बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि आज मतगणना जारी छ । जारी मतगणनामा अहिलेसम्म दुई ठाउँको नतिजा आइसकेको छ भने अन्य क्षेत्रमा तीव्र रुपमा गणना भइरहेको छ ।
निर्वाचन आयोगका अनुसार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाकी रञ्जु दर्शना र मुस्ताङमा कांग्रेस योगेश गौचनले जित हासिल गरेका छन् ।
अन्य क्षेत्रमा जारी मतगणनाको तथ्यांक अनुसार देशैभर राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुको अग्रता रहेको छ । रास्वपाका १०२ उम्मेदवार अग्र स्थानमा रहेका छन् ।
यस्तै प्रमुख दल मानिएका एमाले–कांग्रेसको उपस्थिति ज्यादै न्यून छ । अहिलेसम्म कांग्रेका ११ उम्मेदवार अगाडि छन् भने एमाले १० ठाउँमा अगाडि रहेको छ । यस्तै नेकपाका ९ उम्मेदवारले अग्रता लिएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका एक उम्मेदवार अगाडि छन् । स्वतन्त्र उम्मेदवार पनि १ ठाउँमा अगाडि छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।