काठमाडौं– ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ का स्थानीयले मतदान बहिष्कार गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रान्तीका अनुसार, बिहान १० बजेसम्म कोही पनि मतदाताले मतदान नगरेको जानकारी दिए ।
उनका अनुसार, मानेभन्ज्याङ–७ को शहीद स्मृति आधारभूत विद्यालयमा रहेको केन्द्रमा कोही पनि मतदाता मतदानमा सहभागी नभएका हुन् ।
सो केन्द्रमा मतदान गर्ने मतदाताको संख्या ७०१ जना रहेको छ । ‘अहिलेसम्म कोही पनि मतदाता पुग्नुभएको छैन । कसैले पनि मत खसाल्नुभएको छैन,’ सीडीओ मंग्रान्तीले भने ।
उनका अनुसार, मानेभञ्ज्याङको वडा नम्बर ७ मा ८ वर्ष अगाडिदेखि प्रादेशिक अस्पताल बनाउने तयारी थियो । डीपीआर बनेर सबै प्रक्रिया अगाडि बढ्दा पनि अस्पताल नबनेको बिरोधमा स्थानीयले निर्वाचन बहिस्कार गरेका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।