काठमाडौँ–प्रतिनिधिसभा निर्वाचनमा भोट दिन काठमाडौँ उपत्यकाबाट करिब आठ लाख यात्रु बाहिरिएका छन्।
गृहजिल्ला पुगेर मतदान गर्न यो संख्यामा सर्वसाधारण काठमाडौँ छाडेर घर गएका हुन्।
ट्राफिक प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले बुधबार दिउँसोसम्ममा करिब सात लाख ९० हजारभन्दा बढी व्यक्तिले उपत्यका छाडेको जानकारी दिए ।
‘हिजोसम्म ७ लाख ५० हजार व्यक्तिले उपत्यका छाडेका थिए। मतदान गर्ने प्रयोजनका लागि आज थप ४० हजारले उपत्यका छाडेका छन्’, उपरीक्षक शाहले भने, ‘फागुन १ गतेदेखि आज दिउँसोसम्ममा ७ लाख ९० हजार जना उपत्यका छाडेर आ-आफ्नो गृह जिल्ला गएका छन्।’
बिहीबार देशैभर एकै चरणमा प्रतिनिधिसभा निर्वाचन हुँदै छ। ‘जेनजी’ आन्दोलनपछिको यो निर्वाचन भएकाले सबैले चासोको रूपमा हेरेका छन्। विदेशमा बस्ने अधिकांश नेपाली नागरिकले समेत भोट हाल्ने प्रयोजनका लागि नेपाल आइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।