काठमाडौँ– बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको अघिल्लो दिन रौतहट क्षेत्र नम्बर ४ मा नयाँ राजनीतिक सहमति भएको छ ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार सत्यनारायण भगतले आफ्नो उम्मेदवारी निष्क्रिय बनाउँदै आम जनता पार्टीका उम्मेदवारलाई सघाउने घोषणा गरेका छन् ।
दुई पार्टीबीच भएको राजनीतिक छलफल र सहमतिपछि जारी संयुक्त विज्ञप्तिमा भगतले आम जनता पार्टीका उम्मेदवार ऋषि धमलालाई समर्थन गर्ने निर्णय गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ,’रौतहट क्षेत्र नं. ४ का प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार सत्यनारायण भगत निष्क्रिय रही आम जनता पार्टीका उम्मेदवार ऋषि धमलालाई निस्वार्थ रूपमा सहयोग गरी जिताउने दुवै पार्टीबाट सर्वसम्मत रूपमा निर्णय भएको छ ।’
उक्त सहमति पत्रमा प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवार स्वयम् सत्यनारायण भगत र आम जनता पार्टीको तर्फबाट नारायण तिवारीले हस्ताक्षर गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।