काठमाडौं– २१ फागुनमा चुनाव हुँदैन भन्ने अभिव्यक्ति दिने ज्योतिष पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ज्योतिष रुद्रनाथ अधिकारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
उनलाई चन्द्रागिरीबाट पक्राउ गरिएको हो । ज्योतिष अधिकारीले २१ फागुनमा अनिष्ट छ, चुनाव हुँदैन भन्दै बोलेको प्रहरीले बताएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई सोमबार साँझ पक्राउ गरेर परिसरमा बुझाएको हो । अहिले उनी परिसर काठमाडौंको हिरासतमा छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।