एजेन्सी– इराकमा रहेको आतंकवादी संगठन हिजबुल्लाहको ठेगानामा आक्रमण भएको छ ।
समाचार एजेन्सी एएफपीका अनुसार इराकको जुर्फ अल साखेर बेसमा आक्रमण भएको हो ।
यहाँ लेबनानी आतंकवादी संगठन हिजबुल्लाहको ठेगाना रहेको छ । आक्रमणमा दुई जना मारिएका छन् भने पाँच जना घाइते भएका छन् ।
तर आक्रमण कसले गरेको हो भन्ने अहिलेसम्म आधिकारिक जानकारी आइसकेको छैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।