काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीका पक्षमा देशैभरबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको बताएका छन् । शनिबार एक भिडियो सन्देश जारी गर्दै उनले यसले उर्जा प्राप्त भएको बताए ।
‘देशभरका साथीहरू र मतदाताले फोन गरेर कांग्रेस रुपान्तरण गर्नुभयो अब देश रुपान्तरण गर्ने प्रक्रियामा अझ उत्सहजनक तरिकाले अगाडि बढ्नुस् भन्नुभएकाले अझ उत्सही बनाएको छ,’ उनले सन्देशमा भनेका छन् ।
महामन्त्री पौडेलले देशैभरका कांग्रेसका कार्यकर्ताहरूलाई मतदातामाझ पुग्न आग्रह गर्दै राजनीतिका तमाम विकृती सफा गर्ने र नयाँ ढंगले अघि बढ्ने विश्वास दिलाएका छन् ।
काठमाडौं– ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पौडेलले यहाँका मतदाताबाट समेत स्नेह प्राप्त भएको बताए । ‘आदरणीय मतदाताज्यूहरूले जसरी स्नेह प्रकट गर्नुभएको छ, त्यसबाट मलाई उर्जा प्राप्त भएको छ, उनले भने ‘म अत्यन्त उत्साही छु ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।