काठमाडौँ– हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ। देशका बाँकी हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ। तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो तराई भूभागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ। कोशी प्रदेशका हिमाली तथा पहाडी भूभाग सहित बाँकी हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका समेत एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागसहित बाँकी हिमाली भूभागमा आंशिक बादल लाग्नेछ ।
कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।