काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीसँग आज नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच. हासमीले शिष्टाचार भेट गरेका छन् ।
आज सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटवार्तामा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ।
राजदूत हासमीले प्रधानमन्त्री कार्कीको नेतृत्वमा नेपालमा शान्ति सुव्यवस्था पुनर्स्थापित भएको र अब निर्वाचन पनि शान्तिपूर्ण वातावरणमा सम्पन्न हुन गइरहेको भन्दै बधाई तथा शुभकामना दिए।
प्रधानमन्त्री कार्कीले नेपालको लोकतान्त्रिक स्थायित्वका लागि पाकिस्तानबाट प्राप्त सद्भाव र सहयोगका लागि धन्यवाद व्यक्त गरिन्।
बैठकपछि दुवै पक्षबाट नेपाल-पाकिस्तानको मित्रवत् सम्बन्ध, सहकार्य र साझेदारीलाई नयाँ उचाइमा पुर्याउने गरी काम गर्ने विश्वास र प्रतिबद्धता व्यक्त भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।