काठमाडौँ– नेपाली काँग्रेसका सभापति गगन थापाले कसैलाई मौका दिने नाममा देशलाई प्रयोगशाला बनाउन नहुने बताएका छन्।
शुक्रबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले सरकारमा गएकै दिनदेखि काम गर्नेलाई जिम्मेवारी दिन आग्रह गरे।
‘अब हामीसँग सिक्ने र सिकाउने समय छैन, सरकारमा गएकै दिनदेखि काम गर्न सक्नेलाई जिम्मेवारी दिनुपर्छ,’ थापाले भने।
सरकार चलाउनेबारे आफूले सात वर्षदेखि तयारी गरेको र सरकारमा गएकै दिनदेखि के के गर्ने भन्ने स्पष्ट खाका बनाएको बताए। ‘सरकारमा गएर मात्रै सिक्ने, योजना बनाउनेहरूलाई दिने भनियो भने देश फेरि पछाडि धकेलिन्छ, सिकेर तम्तयार भएको टिमलाई देश हाँक्ने जिम्मा दिनुपर्छ, त्यस्तो टिम नेपाली काँग्रेससँग मात्रै छ,’ थापाले भने।
काँग्रेसबाहेक अरूले सबैलाई समेटेर लैजान सक्ने अवस्था नरहेको उनको भनाइ थियो। पुराना वा नयाँ सबैलाई सम्हाल्न सक्ने क्षमता काँग्रेससँग मात्रै रहेको उनले बताए।
अब बन्ने काँग्रेसको सरकारले शक्तिशाली आयोग बनाएर हरेक काण्डको एक-एक छानबिन गर्ने उनको भनाइ थियो। आफ्नै नाता वा नेता कसैको पनि छानबिनबाट पछाडि नहट्ने उनले बताए। अब काँग्रेसको सरकारले नयाँ कुनै काण्ड नगर्ने र अरूलाई पनि गर्न नदिने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।