काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै अतिवादी भनेका छन् । सिंहदरबार जलाउन मान्छे पठाउने र जेलबाट भाग्ने भन्दै गगनले रविलाई संकेत गर्दै कटाक्ष गरेका हुन् ।
उनले पोखराको चुनावी सभामा भने, ‘खतरनाक अर्को अतिवाद छ । जो त्यो मौका छोपेर सिंहदरबार जलाउन पनि लगाउँछ । माैका पाउँदैगर्दा आफैँ जेलबाट पनि भाग्छ ।’
ओली तथा एमाले लक्षित गर्दै गगनले भदौ २३ र २४ को घटना केही होइन र षड्यन्त्र मात्रै देख्ने भन्दै एउटा अतिवाद भएको बताए । भने, ‘यो दुईवटै अतिवाद हिजो पनि देख्यौँ । भोलि पनि यो अतिवाद आउन सक्छ ।’
आजै भएको चुनावी सभामा चितवन पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले गोली हान्ने र सिंहदरबार जलाउने एकै हुन् भनेको केही समयपछि गगनको भनाइ सार्वजनिक भएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।