काठमाडौं– चितवन ३ मा रास्वपाकी उम्मेदवार सोविता गाैतमले अध्यारो र उज्यालो एकै ठाउँमा रहन नसकेझैँ भ्रष्टाचार र सुशासन पनि एकै ठाउँमा रहन नसक्ने बताएकी छन् ।
चितवनमा आयोजित रास्वपाको चुनावी सभामा उनले सुशासन चाहिने भए भ्रष्ट पार्टीहरूलाई मत दिन नहुने बताइन् ।
'अध्यारो र उज्यालो एक ठाउँमा रहन सक्दैन । सुशासन चाहन्छाैँ भने भ्रष्टाचारीको अन्त्य हुनैपर्छ । त्यसका लागि भ्रष्ट पार्टीहरूलाई पराजित गर्नैपर्छ', गाैतमले भनिन् ।
उनले बालेन शाहको नेतृत्वमा नयाँ सरकार बन्ने र देशको भविष्य लेखिने बताइन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।