काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ को चुनावमा नेकपा पहिलो पार्टी बनेर देशको नेतृत्व सम्हाल्ने दाबी गरेका छन्।
नुवाकोट-काठमाडौँ सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै युद्धस्तरमा चुनावी अभियानमा खट्न निर्देशन दिए। उनले आफूहरूले देशको समस्या समाधान गर्नको लागि सुरुको दिनदेखि नै निर्वाचनको हुनुपर्ने अडान राखेको बताए।
उनले भने, ‘आज सबै राजनीतिक दल निर्वाचनमा होमिएका छन्, अब सर्वदलीय सरकार, संसद् पुनर्स्थापनाका कुरा हराए। यसमा नेकपाले लिड गर्यो। र देश नै नेकपाको लाइनमा आएको छ।’
उनले एमालेसँग १० सीटमा चुनावी तालमेल हुन लाग्यो भनेर प्रचार गरिएको त्यसमा सत्यता नभएको बताए। एक्लै अग्निपरीक्षामा होमिएको भन्दै निर्वाचन निष्पक्ष भए एक नम्बरको पार्टी बन्न कसैले रोक्न नसक्ने दाबी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।