काठमाडौंं– अफगानिस्तान–पाकिस्तानबीच सीमा क्षेत्रमा बढ्दो झडपकाबीच पाकिस्तानले अफगानिस्तानको राजधानी काबुलसहित अन्य शहरमा हवाई आक्रमण गरेको छ।
यो कारबाही अफगान फौजले सीमावर्ती क्षेत्रमा रहेका पाकिस्तानी सैन्य चौकीहरूमा आक्रमण गरेपछि भएको जवाफी कारबाही भएको जनाइएको छ।
सुरक्षा स्रोतहरूका अनुसार पाकिस्तानी सेनाले पाक(अफगान सीमामा निर्णायक र प्रभावकारी कारबाही गरेको छ र अफगान तालिबानका धेरै चौकीहरू कब्जा गरेको छ।
पाकिस्तानी सुरक्षा बलले गुरसल सेक्टरमा अफगान तालिबानको चेक पोस्टहरू ध्वस्त पारेको छ। पाकिस्तानी वायुसेनाले अफगानिस्तानमा ‘अपरेशन गजब लिल हक‘ अन्तर्गत आक्रमण पनि गर्यो र नान्गारहारमा रहेको एउटा ठूलो गोलाबारुद डिपो ध्वस्त पार्यो।
पाकिस्तानी सुरक्षा बलले पाक–अफगान सीमामा रहेको खारलाची टर्मिनलमा रहेका धेरै अफगान तालिबान चौकीहरू पनि ध्वस्त पारेको छ।
यस्तै पाकिस्तानी सेनाको हवाई आक्रमणमा काबुल, कान्दाहार र पक्तियामा अफगान तालिबान शासनका प्रमुख सैन्य प्रतिष्ठानहरू ध्वस्त पारेको छ। यसैगरी काबुलमा रहेका दुई ब्रिगेड मुख्यालयहरू ध्वस्त भएको पाकिस्तानी सेनालाई उदृत गर्दै रेडियो पाकिस्तानले उल्लेख गरेको छ।
यस्तै पीएएफको हवाई आक्रमणले कान्दाहारमा रहेको गोलाबारुद डिपो पनि ध्वस्त पारेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।