काठमाडौं– प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै जनकपुरमा `मधेस सभा´ गरेको नेपाली कांग्रेसले आज एकैदिन सुर्खेत र बाँकेमा चुनावी सभा गर्दैछ।
गत ६ फागुनमा कांग्रेसले जनकपुरमा पहिलो चुनावी सभा गरी प्रतिज्ञापत्र सार्वजनिक गरेको थियो ।
आज हुने चुनावीसभामा सभापति गगनकुमार थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाललगायतका नेताहरू सहभागी हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
प्रवक्ता चालिसेका अनुसार सभापति थापासहितका शिर्ष नेताहरू हेलिकप्टर मार्फत चुनावी सभामा पुग्ने छन्। यस्तै ती सभाहरुमा सम्बन्धित प्रदेश भित्रका प्रतिनिधि सभा निर्वाचन क्षेत्रका उम्मेदवार तथा स्थानीय नेताहरू पनि सहभागी हुने छन्।
यसैगरी, कांग्रेसले भोलि रुपन्देहीको बुटवल र कास्कीको पोखरा सभा गर्दैछ । १७ फागुनमा काठमडौंमा चुनावी सभा गर्ने कांग्रेसको तयारी छ।
यस्तै, कांग्रेसले कोशी र सुदूरपश्चिममासमेत सभाको तयारी गरिरहेको छ। तर मिति भने तय भइसकेको छैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।