एजेन्सी– श्रीलङ्काली सेनाले सोमबार २५ जना भारतीय माझीहरूलाई श्रीलङ्काको जाफ्नाको कान्केसन्थुराईमा इलाकामा अवैध रुपमा माछा मारेको आरोपमा पक्राउ गरेको नौसेनाले जनाएको छ ।
सेनाका अनुसार माछा मार्नेहरू आइतबार राति श्रीलङ्काको उक्त क्षेत्रमा प्रवेश गरेका थिए, भने उनीहरुको साथबाट दुई वटा यान्त्रिक डुङ्गाहरू पनि जफत गरिएको थियो ।
थप अनुसन्धानका लागि पक्राउ परेका माझिहरुलाई मत्स्यपालन तथा जलीय स्रोत विभागलाई हस्तान्तरण गरिने सेनाले जनाएको छ ।
स्थानीय माझीहरूको जीविकोपार्जनमा अवैधरुपमा माछा मार्ने अभ्यासले परेको प्रभावलाई उद्धृत गर्दै सेनाले विदेशी जहाजहरूद्वारा अवैधरुपमा माछा मार्ने कार्यलाइ रोक्न नियमित गस्ती र अपरेसनहरू जारी राखेको बताएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।