काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ गते नै चुनाव हुने बताएकी छन् ।
बिहीबार सोलुखुम्बु पुगेकी प्रधानमन्त्री कार्कीले स्थानीय पत्रकारलाई प्रतिक्रिया दिँदै देशभर एकैदिन (फागुन २१) मै चुनाव हुने बताएकी हुन् ।
‘पुरै देशभर एकैदिन फागुन २१ मा चुनाव सम्भव छ । हामीले मौसमको पनि अध्ययन गरिरहेका छौ, पुरै सम्भव छ’, प्रधानमन्त्री कार्कीको भनाइ छ । कार्की बिहीबार हिमाली जिल्लामा निर्वाचनको अवस्था बुझ्न सोलुखुम्बु पुगेकी हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।