काठमाडौं– दिनेश राउत निर्देशित फिल्म ‘प्रसाद’को दोस्रो गीत सार्वजनिक भएको छ। यसअघि सार्वजनिक ‘लै लै’ गीतको सकारात्मक प्रतिक्रियापछि आइतबार निर्माण युनिटले दोस्रो गीत ‘वनकी चरी’ सार्वजनिक गरेको हो।
_x000D_
_x000D_
सार्वजनिक गीतमा रुपक डोटेल र अञ्जु पन्तको स्वर रहेकाे छ। सुवास भुषालले लेखेकाे गीतमा बि पाण्डेले संगीत दिएका छन्। फिल्मको सार्वजनिक गीतको भिडियोमा भने अभिनेता विपिन कार्की, निश्चल बस्नेत र मोडल अञ्जली अधिकारीको अभिनय देख्न सकिन्छ। भिडियोमा अभिनेता विपिन कार्कीलाई लोकदोहोरी गायकका रुपमा देखाइएकाे छ।
_x000D_
_x000D_
सञ्चारकर्मी सुशिल पौडेलको कथा लेखनमा तयार फिल्मलाई विकास सुवेदीले सह–निर्देशन गरेका हुन् भने राजेश श्रेष्ठले छायांकन गरेका हुन्।
_x000D_
_x000D_
विशेष गरेर निःसन्तान दम्पतीका बिचमा सृजना हुने घरायसी तथा पारिवारीक असमझदारी, अविश्वास तथा उनीहरुको मानसिक अन्तर द्वन्द्वको कथा फिल्मको मुख्य विषयवस्तु रहेको निर्माण युनिटले जानकारी गराएको छ।
_x000D_
_x000D_
विपिन, निश्चलका साथमा अभिनेती नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘प्रसाद’ आउँदो मंसिर २१ गतेबाट प्रदर्शनमा आउने छ।
_x000D_
_x000D_
गीतकाे भिडियाे:
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।