• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, मंसिर १०, २०८३ Thu, Nov 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

एसियाली संघ गठनदेखि राष्ट्रिय नीति सुधारसम्म: स्वामी आनन्द अरुणको सात बुँदे साझा राष्ट्रिय एजेन्डा

64x64
नेपाल लाइभ सोमबार, माघ २६, २०८२  १८:२३
1140x725

काठमाडौँ– काठमाडौँस्थित ओशो तपोवनका संस्थापक तथा आध्यात्मिक गुरु बोधिसत्व स्वामी आनन्द अरुणले नेपालका सबै राजनीतिक दललाई दीर्घकालीन राष्ट्रिय हित केन्द्रमा राख्दै साझा नीति अवलम्बन गर्न आग्रह गरेका छन्। उनले युरोपेली युनियनको अवधारणाबाट प्रेरित हुँदै एसियाली संघ (Asian Union) गठनको पहल नेपालले लिनुपर्ने र त्यसको सम्भावित राजधानी नेपाल हुन सक्ने धारणा अघि सारेका छन्।

विभिन्न दलको निर्वाचन घोषणापत्र र आगामी सरकारको नीति कार्यसूचीका लागि समेत लक्षित गरी सार्वजनिक गरिएको सात बुँदे प्रस्तावमा स्वामी अरुणले नेपालको सभ्यतागत पहिचान, आर्थिक सम्भावना, सामाजिक न्याय, ऊर्जा कूटनीति, स्वास्थ्य प्रणाली, पर्यटन र क्षेत्रीय शान्तिसँग सम्बन्धित दूरगामी एजेन्डा प्रस्तुत गरेका छन्।

"नेपाल अहिले निर्णायक संक्रमणकालबाट गुज्रिरहेको छ। युवापुस्ताको बढ्दो सक्रियता, परम्परागत राजनीतिक संरचनामाथि उठेका प्रश्न, नयाँ राजनीतिक शक्तिहरूको उदय र सहकार्यमा सरकार बन्ने सम्भावनाले देशलाई नयाँ दिशातर्फ डोर्‍याइरहेको छ। “यो समय केवल सत्ता परिवर्तनको होइन, राज्यको सोच, प्राथमिकता र दीर्घकालीन दृष्टिकोण पुनःपरिभाषित गर्ने ऐतिहासिक अवसर हो,” स्वामी अरुणको प्रस्तावमा उल्लेख छ।

योग, ध्यान र वैकल्पिक स्वास्थ्यका लागि पृथक मन्त्रालय

स्वामी अरुणले नेपाललाई योग, ध्यान, आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य प्रणालीको ऐतिहासिक केन्द्रका रूपमा व्याख्या गर्दै यस क्षेत्रलाई समेट्ने पृथक मन्त्रालय गठन गर्न प्रस्ताव गरेका छन्। विश्वभर मानसिक तनाव, जीवनशैलीजन्य रोग र स्वास्थ्य खर्च बढिरहेको सन्दर्भमा यी ज्ञान प्रणालीहरू रोकथाममुखी, कम खर्चिला र समग्र स्वास्थ्यका लागि प्रभावकारी रहेको उनको तर्क छ।

उनले योग, ध्यान, आयुर्वेद, होमियोपैथी, यूनानी, प्राकृतिक चिकित्सा, तिब्बती उपचार प्रणाली, अकुपन्चर, अकुप्रेसर, झारफुक, मन्त्रतन्त्र तथा धामीझाँक्रीजस्ता परम्परागत उपचार विधालाई अनुसन्धान, अभ्यास, सार्वजनिक स्वास्थ्य सेवा र स्वास्थ्य–पर्यटनसँग एकीकृत गर्नुपर्ने बताएका छन्। भारतमा ‘आयुष मन्त्रालय’ रहेको उदाहरण दिँदै नेपालमा पनि यस्तै संरचना आवश्यक भएको उनले उल्लेख गरेका  छन् ।

बाँदर आतंक बन्यो राष्ट्रिय संकट

प्रस्तावको दोस्रो बुँदामा बाँदर नियन्त्रण तथा मानव वन्यजन्तु सहअस्तित्व नीतिलाई राष्ट्रिय प्राथमिकतामा राख्न आग्रह गरिएको छ। स्वामी अरुणका अनुसार बाँदर आतंक अहिले केवल वन्यजन्तु समस्या नभई कृषि, आवास, जनसुरक्षा र ग्रामीण अर्थतन्त्रसँग जोडिएको गम्भीर संकट बनेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

उपलब्ध तथ्याङ्क उद्धृत गर्दै उनले बाँदरका कारण नेपालमा करिब २५ प्रतिशत भूमि बाँझो भएको र मध्य पहाडी जिल्लाका करिब ६० प्रतिशत किसानले गम्भीर बाली नोक्सानी भोग्नुपरेको बताएका छन्। बाँदरद्वारा मानिसमाथि आक्रमण, रेबिजको जोखिम र पर्यटनमा परेको नकारात्मक असरप्रति पनि उनले ध्यानाकर्षण गराएका छन्।

हालको बाँदर बन्ध्याकरण नीति प्रभावकारी नभएको ठहर गर्दै श्रीलंका तथा भारतका केही प्रदेशमा अपनाइएका उपाय अध्ययन गरी वैज्ञानिक र दीर्घकालीन समाधान, आवश्यक परे नियन्त्रित निर्यात पुनःखोल्ने विकल्पसमेत विचार गर्न उनले प्रस्ताव गरेका छन् ।

दान र सामाजिक सुरक्षामा कर सुधारको माग

धार्मिक तथा आध्यात्मिक संस्थाहरूलाई राज्यको विकल्प नभई राज्यका सहयोगी सामाजिक सेवा संस्थाका रूपमा व्याख्या गर्दै स्वामी अरुणले दानराशिमा लाग्ने कर प्रणाली पुनरवलोकन गर्न माग गरेका छन्। सार्वजनिक हितका लागि संकलित दान बैंकमा राख्दा प्राप्त ब्याजमा १५ प्रतिशत कर लाग्नु दानको मूल भावना विपरीत भएको उनको भनाइ छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनले दानराशिलाई आम्दानी नभई सामाजिक सेवा कोषको रूपमा कानुनी मान्यता दिनुपर्ने, धार्मिक तथा आध्यात्मिक संस्थाको ब्याजमा कर खारेज गर्नुपर्ने र ६५ वर्षमाथिका नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विधवा/एकल महिलाको ब्याज आम्दानीमा कर नलगाउन प्रस्ताव गरेका छन्।

पर्यटन र स्थायी बसोबासमा नयाँ सोच

नेपाल प्राकृतिक, सांस्कृतिक र आध्यात्मिक गन्तव्यका रूपमा विश्वमै आकर्षक रहेको उल्लेख गर्दै स्वामी अरुणले विदेशी लगानीकर्तालाई स्थायी बसोबास अनुमति (PR) दिने विषयमा स्पष्ट नीति बनाउन सुझाव दिएका छन्। विकास, पर्यटन र पूर्वाधार क्षेत्रमा लगानीसहित नेपालमा बसोबास गर्न चाहने विदेशीको संख्या बढ्दो भए पनि नीतिगत अस्पष्टताले अवसर खेर गएको उनको भनाइ छ। उचित मापदण्ड र सुरक्षासहित यस्तो नीति लागू गर्न सकिए पूँजी भित्र्याउने, रोजगारी सिर्जना गर्ने, पर्यटन प्रवर्द्धन गर्ने र स्थानीय अर्थतन्त्र सुदृढ बनाउने उनको विश्वास छ।

नेपाललाई क्षेत्रीय ऊर्जा केन्द्र बनाउने भिजन

ऊर्जा क्षेत्रलाई स्वामी अरुणले नेपालको भविष्यसँग जोडिएको प्रमुख शक्ति मानेका छन्। करिब ५० वर्षअघि नै ८४ हजार मेगावाट जलविद्युत् क्षमता रहेको तथ्य सार्वजनिक भइसकेको र आज प्रविधिको विकाससँगै सौर्य र वायु ऊर्जासमेत जोड्दा २ लाख मेगावाटभन्दा बढी सम्भावना रहेको उनको दाबी छ।
भारत, चीन र बंगलादेशजस्ता छिमेकी मुलुकको बढ्दो ऊर्जा मागलाई ध्यानमा राख्दै आन्तरिक खपत सुनिश्चित गरी निर्यात रणनीति अपनाउन सके नेपाल क्षेत्रीय ऊर्जा केन्द्र (Energy Hub) बन्न सक्ने उल्लेख प्रस्तावमा छ। यसले राष्ट्रिय आम्दानी, व्यापार सन्तुलन र कूटनीतिक हैसियत बलियो बनाउने उनको तर्क छ।

अष्टावक्र महागीता राष्ट्रिय पुस्तक घोषणा गर्ने प्रस्ताव

सांस्कृतिक पहिचानको सन्दर्भमा स्वामी अरुणले अष्टावक्र महागीता (अष्टावक्र संहिता) लाई नेपालको राष्ट्रिय पुस्तक घोषणा गर्नुपर्ने प्रस्ताव गरेका छन्। मिथिला क्षेत्रमा ऋषि अष्टावक्र र राजा जनकबीच भएको बोध–संवादमा आधारित यो ग्रन्थ नेपाली भूमिमा जन्मिएको मौलिक दार्शनिक सम्पदा भएको उनको भनाइ छ।
अन्य देशले आफ्नो सभ्यतागत ग्रन्थलाई राष्ट्रिय प्रतीक बनाएको उदाहरण दिँदै अष्टावक्र महागीतालाई शपथ ग्रहणमा प्रयोग गर्न, विदेशी पाहुनालाई उपहारका रूपमा दिन र सांस्कृतिक कूटनीतिक माध्यम बनाउन पनि उनले  सुझाव दिएका छन् ।

एसियाली संघ गठनमा नेपालको पहल

प्रस्तावको अन्तिम बुँदामा स्वामी अरुणले सबैभन्दा महत्वाकांक्षी अवधारणा प्रस्तुत गरेका छन्—एसियाली संघ (एयु) निर्माणको  । युरोपेली संघ (इयु) बनेपछि युरोपमा शान्ति र आर्थिक एकीकरण बढेको उदाहरण दिँदै एसियामा पनि साझा सभ्यता र सांस्कृतिक आधारमा यस्तो संघ आवश्यक भएको उनको तर्क छ।
एसियाका धेरै देश गरिब भए पनि ठूलो हिस्सा सैन्य तयारीमा खर्च भइरहेको, आणविक जोखिम बढी रहेको उल्लेख गर्दै उनले हिन्दु–बौद्ध सांस्कृतिक बहुलता भएको  देशबाट पहल सुरु गर्न सकिने बताएका छन्। सबै एसियाली देशसँग राम्रो सम्बन्ध रहेको नेपालले यो प्रस्ताव अघि सारेमा संघको राजधानी नेपालमै रहने सम्भावना रहेको पनि उनले दावी गरेका छन् ।

स्वामी आनन्द अरुणले यी सबै प्रस्ताव कुनै दल, विचारधारा वा वर्गविरुद्ध नभई नेपालको दीर्घकालीन सामाजिक, आर्थिक, सांस्कृतिक र मानवीय हितका लागि भएको स्पष्ट पारेका छन्। उनले सबै राजनीतिक दललाई यी सुझाव उपयुक्त लागेमा निर्वाचन घोषणापत्रमा समावेश गर्न, सार्वजनिक प्रतिबद्धता जनाउन र सरकार गठनपछि कार्यान्वयन प्रक्रिया अघि बढाउन समेत आह्वान गरेका छन्।

प्रकाशित मिति: सोमबार, माघ २६, २०८२  १८:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कोशी प्रदेश प्रमुखको जिम्मेवारी मधेशका प्रमुख कर्णलाई
२४ भदौमा राज्यका संयन्त्रले मलाई साथ दिएनन् : ओली
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नेतृत्व पाएका इन्द्रदेव यादव को हुन्?
सम्बन्धित सामग्री
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नेतृत्व पाएका इन्द्रदेव यादव को हुन्? महोत्तरीको प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत यादव गत मङ्सिर ४ गतेको मन्त्रिपरिषद् बैठकबाट अर्थ मन्त्रालयमा सरुवा भएका थिए। विभाग... बिहीबार, मंसिर १०, २०८३
पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा: रास्वपाको कार्यालयमा धर्नादेखि अरू के–के छन् कार्यक्रम? यसबीचमा पनि महासंघका माग सम्बोधन नभए तेस्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरिने महासंघले जनाएको छ। बिहीबार, मंसिर १०, २०८३
थाइल्यान्डमा पुगेर बिहे गरे क्रिकेटर रोहित पौडेलले रोहितले थाइल्यान्डमा एक समारोहबीच प्रेमिका सिम्रन खड्कासँग लगनगाँठो कसेका हुन् । बिहीबार, मंसिर १०, २०८३
ताजा समाचारसबै
कोशी प्रदेश प्रमुखको जिम्मेवारी मधेशका प्रमुख कर्णलाई बिहीबार, मंसिर १०, २०८३
२४ भदौमा राज्यका संयन्त्रले मलाई साथ दिएनन् : ओली बिहीबार, मंसिर १०, २०८३
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नेतृत्व पाएका इन्द्रदेव यादव को हुन्? बिहीबार, मंसिर १०, २०८३
मन्त्रीपरिषद्‌को मर्यादाक्रम हेरफेर, कानुनमन्त्री गौतम तेस्रोमा उक्लिँदा अन्यको कति? बिहीबार, मंसिर १०, २०८३
चीनमा विशाल मानवरहित हवाईयानको परीक्षण सफल बिहीबार, मंसिर १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विदेशस्थित आफ्नै देशका कूटनीतिक नियोगमा पुगे पनि हसिनालाई पक्राउ गर्ने बंगलादेशको चेतावनी बुधबार, मंसिर ९, २०८३
कसले गर्‍यो नेपाल सरकारका पूर्वमुख्यसचिव अर्याललाई पक्राउ ? प्रहरी प्रवक्ता भन्छन्– जानकारी नै छैन बिहीबार, मंसिर १०, २०८३
दानबहादुर कार्कीकाे रिटमा सर्वाेच्चमा सुनुवाइ, अन्तरिम आदेशकाे टुंगाे लाग्ने बुधबार, मंसिर ९, २०८३
किन दिएन सर्वोच्चले दानबहादुर कार्कीलाई अन्तरिम आदेश ? बुधबार, मंसिर ९, २०८३
नशालु पदार्थ खुवाएर बेहोस बनाई लुटपाट गरेको अभियोगमा चार जना पक्राउ बुधबार, मंसिर ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
स्थानीय तहको निर्वाचन वैशाख र प्रदेशको निर्वाचन मंसिरमा गर्ने प्रस्ताव शुक्रबार, मंसिर ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्