काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०५१ सालमा सुरु भएको सामाजिक सुरक्षा भत्ता अघिल्लो पटक प्रधानमन्त्री हुँदा आफूले ४ हजार पुर्याएको बताएका छन्।
घरदैलो अभियानका क्रममा मतदातालाई सम्बोधन गर्दै अहिले विभिन्न सरकार फेरिँदा अर्थतन्त्र अफ्ठेरो अवस्थामा रहेकाले बढाउन नसकेको बताए।
उनले भने, ‘करिब ३८ अर्ब पैसा त्यसमा खर्च भइरहेको छ। ठुलो रकम त्यसमा खर्च भइरहेको छ, ज्येष्ठ नागरिक, एक महिला, अशक्त भएका व्यक्तिहरू सबैले त्यसको लाभ लिइरहेका छन्।’
उनले सडक बालबालिका अन्त्य गर्नको लागि अभियान नै चलाएको बताए। पछाडि परेको समुदायलाई अगाडि बढाउने कार्यक्रम पनि आफूले गरिरहेको जिकिर गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।