काठमाडौँ – राष्ट्रिय सभा सदस्य डा. बेदुराम भुसालले आगामी दिनमा राष्ट्रिय सभा प्रतिनिधि सभाको प्रति छाया जस्तो नबनोस् भन्ने कामना गरेका छन् ।
सोमबार राष्ट्रिय सभामा बिदाइ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
डा. भुसाल २०७६ माघमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए । विगत ६ वर्षमा राष्ट्रिय सभामा रहेर आफूले कानुन निर्माणमा सक्दो भूमिका खेलेको बताए ।
समयमै सभाको बैठक राख्ने, समय तालिका नै बनाएर काम गर्ने, कानुनको कार्यान्वयन मूल्यांकन गर्ने लगायतका सकारात्मक काम हुँदै आएको भनेर उनले यसले आगामी दिनमा समेत निरन्तरता पाउन सक्नुपर्ने बताएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।