एजेन्सी– जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र साझेदार जापान इनोभेसन पार्टीको गठबन्धनले आइतबार सम्पन्न आम निर्वाचनमा प्रतिनिधि सभामा बहुमत हासिल गरेको छ।
अघिल्लो निर्वाचनमा सामान्य बहुमत समेत ल्याउन नसकेर मिलिजुली सरकार चलाइरहेको लिबरलले यो निर्वाचनमा एक्लैले दुई तिहाइ प्राप्त गरेको हो ।
सत्तारुढ गठबन्धनले ३१६ सिट जितेको छ। २३३ सिट जिते बहुमत पुग्छ । यो बहुमतका लागि चाहिने भन्दा ८३ सिट बढी हो । पार्टीको जितपछि सानाए ताकाइचीले आफूहरुले जिम्मेवार र सक्रिय वित्तीय नीतिमा निरन्तर जोड दिँदै आएको बताइन्।
एउटै पार्टीले दुई तिहाइ प्राप्त गरेको दोश्रो विश्वयुद्दपछि पहिलो हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।