काठमाडौँ- तराईका केही क्षेत्रमा अहिले हुस्सु र कुहिरो लागेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली भए पनि अन्य स्थानमा भने मौसम सामान्यतया सफा छ।
दिउँसो सुदूरपश्चिम प्रदेशसहित देशका अन्य पहाडी र हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ। तराईका अधिकांश भूभागमा भने बिहानीपख हुस्सु र कुहिरोको प्रभाव रहनेछ।
महाशाखाले कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।