काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा वेदबाट लिएको बताएका छन् ।
झापाको एक धार्मिक अनुष्ठानलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वेदहरूले भनेजस्तै ‘सबै मान्छे सुखी हुन् कसैले पनि दुःख नपाओस्’ भन्ने आफूले पनि चाहेको बताएका हुन् ।
‘मैले नेपाल कस्तो हुनुपर्छ भनेर पनि समृद्ध नेपाल अथवा हाम्रो देश धनी हुनुपर्दछ समृद्ध हुनुपर्दछ र नेपाली जनता सुखी हुनुपर्दछ भनेर समृद्ध नेपाल र सुखी नेपाली भनेको छु,’ उनले भने, ‘यो कुरा हाम्रा वेदहरूले भनेको कुरा हो ।’
विश्वमा ज्ञान, सृष्टिजस्ता अनेक रचना गर्ने नेपालीका पूर्वजहरू नै रहेको ओलीले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।