काठमाडौँ – नाइजेरियाको मध्य राज्य बेन्युका दुई शहरहरूमा केही दिनको अन्तरालमा भएका दुई आक्रमणमा ३० जनाको मृत्यु भएको जनाइएको छ ।
यस क्षेत्रमा लामो समय देखि अन्तर–साम्प्रदायिक झडप हुने सम्भावना रहेको स्रोतहरूलाई उदृत गर्दै एएफपीले जनाएको छ।
क्वान्डे क्षेत्रको अन्वासे गाउँमा शुक्रबार दिउँसो सशस्त्र डाँकुहरूले कम्तीमा १३ जना व्यापारीको हत्या गरेको स्थानीय सरकारी अधिकारी इबी एन्ड्र्यूलाई उदृत गर्दै एएफपीले जनाएको छ।
उनले आक्रमणकारीहरूले बजारमा आक्रमण गरेर मानिसहरू माथि अनियमित रूपमा गोली हानेको बताएका छन्।
आक्रमणले व्यापारी र बासिन्दाहरूलाई आघातमा पार्नुका साथै सम्पत्ति नष्ट भएको जनाइएको छ।
बासिन्दा र स्थानीय मिडियाका अनुसार मंगलबार सशस्त्र व्यक्तिहरूले नजिकैको म्बाइक्योरको बजारमा आक्रमण गर्दा एकजना प्रहरी अधिकारीसहित १७ जनाको मृत्यु भएको थियो।
यस क्षेत्रमा पछिल्लो समयमा मुस्लिम जातीय मानिसहरू र मुख्यतया इसाई किसानहरू बिच भूमि र स्रोतहरूको नियन्त्रणलाई लिएर हिंसा बढेको जनाइएको छ।
हिसांत्कम गतिविधि साम्प्रदायिक झडपका रूपमा प्रस्तुत भए तापनि, जलवायु परिवर्तन, हतियारहरूको प्रसार र नाइजेरियाली राज्यबाट दिगो प्रतिक्रियाको अभावले बढेको जटिल क्रियाकलापबाट अशान्ति उत्पन्न भएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।