जनकपुर- नेपाली कांग्रेस मधेस प्रदेश कार्यसम्पादन समितिको बैठकले फागुन ६ गते जनकपुरधाममा मधेस सभाको आयोजना गर्ने निर्णय गरेको छ ।
शनिबार बसेको बैठकले फागुन ६ गते जनकपुरधामस्थित तृतीय गाछीमा मधेस सभा आयोजना गर्ने निर्णय गरेको हो ।
बैठकले सभाको प्रचार–प्रसारको जिम्मेवारी नितेशकुमार गुप्तालाई तथा मञ्च व्यवस्थापनको जिम्मेवारी योगेन्द्र पञ्जियारलाई प्रदान गर्ने निर्णय गरेको छ।
त्यसैगरी, मधेस सभाको समग्र तयारी, व्यवस्थापन तथा सङ्गठनात्मक विषयमा व्यापक छलफल गर्दै सभालाई प्रभावकारी र सफल बनाउन मधेस प्रदेशका सबै ३२ निर्वाचन क्षेत्रबाट लाखौँ सहभागीहरू बोलाउने निर्णय गरिएको छ।
उक्त सभामा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् भने केन्द्रका पदाधिकारीहरूको समेत उपस्थिति रहने नेपाली कांग्रेस मधेस प्रदेश प्रचार प्रसार विभाग प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।