काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशमा स्थायित्वका लागि आफ्नो पार्टीलाई देशै भरि जिताउन आह्वान गरेका छन्।
आफ्नो निर्वाचन क्षेत्र चितवन २ का मतदातासँग कुरा गर्दै उनले आफूहरू एक,दुईजना मात्र जितेर नहुने भन्दै कम्तीमा एकल बहुमत ल्याउनुपर्ने बताए।
‘यस पटक चितवनलाई मात्र जिताएर भएन, देशै भरिलाई जिताउनु पर्ने अवस्था भएको हुनाले, यस पटक यो २ नम्बर क्षेत्रको चुनावको प्रचारकका रूपमा मैले आफ्नो प्रतिनिधिको रूपमा तपाईँहरूलाई अनुरोध गर्ने विचार गरेको छु,’ उनले भने, ‘कम्तीमा पनि एकल बहुमतको सरकार चलाउनु पर्ने हुन्छ। पाँच वर्षको स्थायी सरकार यो देशले पाउँछ।’
उनले जनताको आदेश मानेर नै नयाँ शक्तिहरू एक ठाउँमा ल्याएर चुनावमा होमिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।