काठमाडौं – कैलालीमा ट्रकको ठक्करबाट एक किशोरको मृत्यु भएको छ ।
शुक्रबार राति लम्कीचुहा नगरपालिका– ८ स्थित पूर्वपश्चिम राजमार्गको गप्का सडकखण्डमा ट्रकको ठक्करबाट किशोरको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सेनाका अनुसार सुपप्र ०१–००१ ख २८५० नम्बरको ट्रकले साइकलमा सवार भण्डारीलाई ठक्कर दिएकाे थियाे।
मृतकका आफन्तले अहिले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गर्दै राजमार्ग अवरुद्ध गरिएको हो ।
पीडितपक्ष र ट्रक व्यवसायीबिच अहिले छलफल भइरहेको डिएसपी तिमिल्सेनाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।