काठमाडौं– दिवगंत कांग्रेस नेता चक्र बाँस्तोलाको नेपाली कांग्रेसको पार्टी कार्यालयमा श्रद्धाञ्जली दिने क्रम चलिरहेको छ। श्रदाञ्जली दिन पार्टीका केन्द्रीय नेतादेखि कार्यकर्तासम्मको उपस्थिति रहेको छ।
_x000D_
_x000D_
कांग्रेस शीर्ष तहका नेताहरु वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, नरहरि अाचार्य, निलाम्बर अाचार्यलगायतले नेता बास्तोलाको पार्थिव शरीरमा श्रदान्जली दिएका छन्। कांग्रेस नेताहरु शेखर कोइराला, डा रामशरण महत, प्रदेश ३ की प्रदेश प्रमुख अनुराधा कोइरालालगायतले खुमलटारस्थित बास्तोला निवासमै पुगेर श्रद्धान्जली दिएका थिए।
_x000D_
_x000D_
_x000D_
_x000D_
दिउँसो १ः३० बजेदेखि पार्टी कार्यालयमा राखिएको नेता बास्तोलाको शव अपरान्ह ४ बजेपछि मात्रै शवयात्रासहित आर्यघाटतर्फ लगिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
_x000D_
_x000D_
यसैबीच, दिउँसो २ बजेका लागि डाकिएको कांग्रेस केन्द्रीय समिति अझै सुरु हुन सकेको छैन। कांग्रेस सभापति शेरबहादुर देउवा पार्टी कार्यालय उपस्थित नभइसकेकाले आकस्मिक रुपमा बोलाइएको बैठक बस्न नसकेको हो।
_x000D_
_x000D_
बाँस्तोलाको मृत्युमा शोक प्रस्ताव पारित गर्नका लागि केन्द्रीय कार्य समितिको आकस्मिक बैठक बोलाइएको हो।
_x000D_
_x000D_
शनिबार बेलुका निधन भएका कांग्रेस नेता बाँस्तोलाको आज अपरान्हसम्ममा दुवै छोरी काठमाडौं आइपुग्ने र सोपश्चात् मात्रै उनको अन्त्येष्टि गरिने प्रवक्ता शर्माले जानकारी गराए।
_x000D_
_x000D_

_x000D_
_x000D_
नेता बाँस्तोलाको निधनपछि आजका लागि पूर्व निर्धारित ७७ जिल्लाबाट सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम स्थगित गरिएको छ। कांग्रेसले मूल्यवृद्धि नियन्त्रणको माग गर्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको थियो।
_x000D_
_x000D_
२०६९ पुसमा मस्तिस्कघात भएका बाँस्तोलालाई नयाँ दिल्लीको मेदान्त अस्पतालमा लगेर उपचार गरिएको थियो। त्यहाँ तीन महिना उपचार गर्दा पनि पूर्ववत् अवस्थामा नआएपछि उनलाई स्वदेश फर्काइएको थियो।
_x000D_
_x000D_
२०७० कात्तिकदेखि भने उनको उपचार घरमै हुँदै आएको थियो।
_x000D_
_x000D_

_x000D_
_x000D_

_x000D_
_x000D_

_x000D_
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।