काठमाडौं– पाकिस्तानको राजधानी इस्लामावादमा रहेको एक शिया मुस्लिमको मस्जिदमा आत्मघाती हमला हुँदा ३१ जनाको मृत्यु भएको छ भने १६९ जना घाइते भएका छन् ।
प्रहरी र उद्धारकर्मीहरू घटनास्थलमा पुगेर उद्धारको काम सुरू गरेका छन् । शक्तिशाली विस्फोटपछि अस्पतालहरूलाई अलर्ट राखिएको छ भने घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ ।
इस्लामाबाद प्रहरीका प्रहरी प्रमुखले पुरै शहरमा आपतकाल घोषित गरेका छन् । बिस्फोटमा घाइते भएकामध्ये धेरैको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने बताइएको छ । यो आक्रमणको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।