काठमाडौं – निर्वाचन आयाेगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनिसकेको बताएका छन्।
उनले ढुक्कसँगले मतदान गर्न र कुनै शान्तिसुरक्षाबारे चिन्ता नलिन पनि आग्रह गरे।
आयोगले पटक-पटक सरकार,सुरक्षा प्रमुखसँग छलफल गरी शान्तिसुरक्षाको विश्लेषण गरेर नै शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको पाइएकाे उनले सुनाए।
उनले भने,‘यो शताब्दीकै सुरक्षाको सन्दर्भमा पेचिलो छ, भनेर निर्वाचन घोषणा भएको भोलिपल्टदेखि हामीले छलफल सुरु गरेका हौँ,विद्रोह पछिको सरकार हो।’
उनले अब कसैले निर्वाचन बिथोल्न नसक्ने पनि बताए। ‘सबै कोणबाट हेर्दा अब शान्ति सुरक्षाबारे धेरै टाउको दुखाउनुपर्ने आवश्यकता देखिएन,निर्वाचन ढुक्कसँग हुन्छ, शान्तिपूर्ण हुन्छ, यहाँ कसैले बिथोल्न सक्दैन्,बिथोल्नखोज्ने जुन तत्त्व सुरुमै परास्त भएपछि कुरै सकियो,’उनले भने।
आगामी फागुन २१ गते देशभर एकै चरणमा प्रतिनिधिसभा निर्वाचन हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।