काठमाडौं – जेनजी आन्दोलनको दोस्रो दिन सिंहदरबार जलाउन संलग्न रहेको आरोपमा चितवनको खैरहनी नगरपालिका–९ का ३६ वर्षीय महेन्द्र गौतम पक्राउ परेका छन्।
सिंहदरबारमा आगजनी गरेर फर्किएको भन्दै सगर्व बोलेका गौतमलाई सबै प्रमाणका आधारमा पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई बिहीबार पक्राउ गरेर सार्वजनिक उपद्रवमा अदालतबाट पाँच दिनको म्याद लिएको छ। उनी काठमाडौं महानगरपालिका-२९ अनामनगर बस्दै आएका थिए।
भदौ २४ गतेका दिन सिंहदरबारको गेट तोडेर भित्र पसेर गृह मन्त्रालयदेखि सबै कार्यालयमा आगो लगाई भ्याइसक्यौँ भनेको उनको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।
उनले भिडिओमा भनेका छन्– ‘सिंहदरबारको गेट तोडेर भित्र पसेर गृह मन्त्रालयदेखि सबै कार्यालयमा आगो लगाई भ्याइसक्यौं ।’
त्यही प्रमाणको आधारमा उनलाई पक्राउ गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।