एजेन्सी– गाजामा इजरायली आक्रमणमा परी १७ जना मारिएका छन् । उत्तरी र दक्षिणी गाजामा इजरायलले बुधबार आक्रमण गरेको हो ।
स्थानीय अस्पतालका कर्मचारीले गाजा सहर र खान युनुस क्षेत्रमा मारिएकामध्ये ६ जना बालबालिकासमेत रहेका छन् ।
उत्तरी गाजामा हमासका आतंकवादीहरुले इजरायली सेनामाथि गोली चलाएपछि इजरायलले जवाफी कारबाही गरेको बताएको छ । आतंकवादी आक्रमणमा परी इजरायलका एक सैनिक पनि घाइते भएका छन् ।
इजरायली सेनाले यसलाई युद्धविरामको स्पष्ट उल्लंघनको जवाफमा बख्तरबंद गाडी र हवाइ जहाजले उक्त क्षेत्रमा आक्रमण गरेको जनाएको छ ।
इजरायल र हमासले एक अर्काविरुद्ध दैनिक युद्धविराम तोडेको आरोपमा आक्रमण गर्दै आएका छन् । उक्त युद्धविराम १० अक्टुबर २०२५ देखि लागू भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।