काठमाडौँ– गृहमन्त्री ओमप्रकाश अर्याल र संयुक्त राष्ट्रसंघीय लागुऔषध तथा अपराध नियन्त्रण कार्यालय (यूएनओडिसी) का दक्षिण एसिया क्षेत्रीय प्रतिनिधि क्रिस्टियन होल्जबीच शिष्टाचार भेट सम्पन्न भएको छ।
गृह मन्त्रालयमा सम्पन्न उक्त भेटमा गृहमन्त्री अर्यालले लागूऔषध नियन्त्रण, संगठित अपराध नियन्त्रणलगायतका क्षेत्रमा नेपाललाई यूएनओडिसीले पुर्याउँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरेका छन्। साथै उनले आगामी दिनमा यूएनओडिसीसँगको सहकार्यलाई अझ प्रभावकारी र विस्तारित बनाउँदै लैजान सकिने धारणा व्यक्त गरे ।
यूएनओडिसीका क्षेत्रीय प्रतिनिधि होल्जबिचले नेपाल सरकारसँगको सहकार्यलाई निरन्तरता दिइने प्रतिबद्धता जनाउँदै यूएनओडिसीका कार्यक्रमहरू सञ्चालनमा नेपाल सरकारबाट प्राप्त हुँदै आएको सहयोग, समन्वय र तदारुकताको प्रशंसा गरे ।
शिष्टाचार भेटमा गृह मन्त्रालयको नीति, योजना, अनुगमन तथा मूल्यांकन महाशाखाका प्रमुख, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, संयुक्त राष्ट्रसंघीय लागुऔषध तथा अपराध नियन्त्रण कार्यालय नेपाल कार्यालयका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।