काठमाडौँ – नेकपा एमालेका सचिव शेरधन राईले जेन जेड आन्दोलनपछि काँग्रेस उठ्नै नसकेको, माओवादी र नेकपा एस नरहेको भन्दै उनले एमाले मात्र सग्लो पार्टी रहेको बताएका छन् । ।
भोजपुरबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार राईले मतदातासँग भेटघाटको क्रममा यस्तो बताएका हुन् ।
विदेशीहरूले केही दललाई चलाउने र खेलाउने काम गरिरहेको दाबी गरेका छन् ।
‘भदौ २३ र २४ गतेको घटनापछि हाम्रो देशमा षड्यन्त्र भयो, प्रतिगमन भयो, हाम्रो लोकतन्त्र र संविधान घाइते भयो भनेर जनतामाझ संघर्षमा हाम्रो पार्टी उत्रियो,’ उनले भने, ‘काँग्रेस उठ्नै सकेन, बोल्नै सकेन । विदेशीले फुटाइसके ।’
२३ र २४ गते के भएको भनेर सोध्ने हो भने पनि काँग्रेस दरोसँग बोल्न नसक्ने उनले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।