काठमाडौँ –प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सरकारले सेना परिचालन सुरु गरेको छ ।
निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन लागु भएको एकीकृत सुरक्षा योजना अनुरूप आजदेखि सेनाका संयोजनमा चारवटै सुरक्षा निकाय परिचालन भएको हो ।
यसका लागि सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ स्वीकृत गरेको छ ।
२१ फागुनमा हुने निर्वाचनलाई दृष्टिगत गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृतरूमपा परिचालन भएको हो ।
निर्वाच्नमा प्रहरी र निर्वाचन प्रहरीले मतदानस्थलको भित्री घेराको सुरक्षा गर्ने छन् । दोस्रो तहको सुरक्षा घेराको जिम्मेवारी सशस्त्र प्रहरी बलले लिनेछ ।
नेपाली सेनाले सुरक्षा घेराको बाहिरी तहमा रही सुरक्षाको महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्नेछ । सेना १ सय ६५ निर्वाचन क्षेत्रमा आजदेखि परिचालित भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।