काठमाडौं– महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको विमान दुर्घटनामा परी मृत्यु भएको छ ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार बारामती विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटना भएको हो ।
हिन्दुस्तान टाइम्सका अनुसार मुम्बईबाट एक निजी विमानबाट पवार बारामती जाँदै थिए । बारामतीमा अवतरणका क्रममा विमान रनवेबाट चिप्लिएको थियो । अजीतका साथै विमानमा सवार उनका पर्सनल असिस्टेन्ट, सुरक्षाकर्मी र विमान दलका सदस्य थिए । सवार माधवराव सिंधिया ,जीएमसी बालयोगी, संजय गांधी, विजय रूपाणी र वाईएस रेड्डीको मृत्यु भएको बताइएको छ ।
अवतरणको क्रममा विमानको नियन्त्रण एक्कासी बिग्रिएपछि पाइलटले क्र्यास ल्यान्डिङ गर्नुपरेको थियो ।तर, दुर्घटनाको वास्तविक कारण भने खुल्न सकेको छैन । खराब मौसम, भारी वर्षा वा प्राविधिक गडबडीलाई सम्भावित कारण भनिए पनि प्रशासनले आधिकारिक रूपमा कुनै कारण भने पुष्टि गरेको छैन ।उड्डयन विभाग र सुरक्षा निकायले सम्पूर्ण विषयमा अनुसन्धान थालेका छन् ।
अजित पवारको जन्म २२ जुलाई १९५९ मा महाराष्ट्रको अहमदनगर जिल्लाको देवलाली प्रवरा गाउँमा भएको थियो।
उनी राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)का संस्थापक शरद पवारका भतिजा हुन्। सन् १९९१ मा अजित पवार पहिलो पटक बारामतीबाट सांसद निर्वाचित भएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।