काठमाडौँ– जम्मू कश्मीरको डोडा जिल्लाको भदरवाहमा सेनाको गाडी दुर्घटनाग्रस्त हुँदा १० सैनिकको मृत्यु भएको छ।
अन्य दश जना घाइते भएका छन्। उनीहरूको अस्पतालमा उपचार भइरहेको छ।
जम्मू कश्मीरका उपराज्यपाल मनोज सिन्हाको कार्यालयले एक्समा पोस्ट गर्दै घटनाप्रति समवेदना व्यक्त गरेको छ।
उपराज्यपालको कार्यालयले जारी गरेको पूर्व पोस्ट अनुसार दुर्घटनामा घाइते भएका १० सैनिकहरूलाई हेलिकप्टरबाट अस्पताल लगिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।