• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ २४, २०८३ Wed, Sep 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

स्विट्जरल्यान्डमा ग्रिनल्यान्डलाई लिएर ट्रम्प–युरोप तनाव

64x64
नेपाल लाइभ बुधबार, माघ ७, २०८२  ११:५०
1140x725

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार युरोपेली नेताहरूसँगको सम्भावित टकरावको वातावरणबीच डाभोस आइपुगेका छन् । 

ग्रिनल्यान्ड अधिग्रहणसम्बन्धी उनको अभिव्यक्ति र दबाबका कारण अमेरिका र युरोपबीचको ट्रान्स–अटलान्टिक गठबन्धनमा गहिरो दरार पर्ने खतरा बढेको छ।

विश्व आर्थिक मञ्च सुरु हुनुभन्दा एक दिनअघि राष्ट्रपति ट्रम्पले युरोपेली नेताहरूप्रति व्यङ्ग्यात्मक टिप्पणी गरेका थिए । डाभोसमा स्वायत्त डेनिस क्षेत्र ग्रिनल्यान्डको भविष्यलाई लिएर उनको कडा अडान नै छलफलको केन्द्र बन्ने देखिएको छ ।

तर स्विस स्की रिसोर्टमा भेला भएका युरोपेली नेताहरूले राष्ट्रपति ट्रम्पको आक्रामक धारणा विरुद्ध एकजुट प्रतिक्रिया जनाउने सङ्केत दिएका छन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले ‘बदमाशी’ विरुद्ध दृढतापूर्वक उभिने बताउनुभएको छ भने युरोपेली सङ्घ (इयु)ले अविचल र सामूहिक प्रतिक्रिया जनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

डेनमार्क नाटोको सहयोगी सदस्य रहेको सन्दर्भमा ग्रिनल्यान्ड अधिग्रहणका लागि कति टाढासम्म जान सक्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा राष्ट्रपति ट्रम्पले ‘तपाईंहरूले पत्ता लगाउनुहुनेछ’ भन्ने जवाफ दिएका थिए ।

ह्वाइट हाउस छोड्दा उहाँले डाभोस भ्रमणको अन्त्य कस्तो होला भन्ने आफूलाई निश्चित थाहा नभएको स्वीकार गरे । भ्रमणको सुरुआतमै राष्ट्रपतिको जेटमा आएको सानो विद्युतीय समस्याका कारण विमान फर्किनुपरेको थियो र राष्ट्रपति तथा उनको टोली अर्को विमान प्रयोग गर्न बाध्य भएका थिए ।

विश्वका आर्थिक र राजनीतिक नेतृत्वको वार्षिक भेलामा राष्ट्रपति ट्रम्पले छ वर्षपछि पहिलो पटक सम्बोधन गर्न लागेका हुन्  । उनको भाषण स्थानीय समयअनुसार दिउँसो २ः३० बजे तय गरिएको छ । तर ग्रिनल्यान्डसम्बन्धी महत्त्वाकांक्षाका कारण दशकौँयताकै सबैभन्दा ठूलो अमेरिका–युरोप मतभेद सतहमा आएको भन्दै उनले डाभोसमा यस विषयमा धेरै द्विपक्षीय भेटघाट गर्ने बताएका छन् ।

रूस र चीनसँगको रणनीतिक प्रतिस्पर्धाका कारण खनिज–धनी ग्रिनल्यान्ड अमेरिका र नाटो सुरक्षाका लागि अत्यन्त महत्त्वपूर्ण रहेको राष्ट्रपति ट्रम्पको तर्क छ । पग्लँदो आर्कटिक क्षेत्रमा महाशक्तिहरूबीच प्रभाव विस्तारको प्रतिस्पर्धा तीव्र बन्दै गएको उनको भनाइ छ । यसै सन्दर्भमा उनले डेनमार्कलाई समर्थन गर्ने आठ युरोपेली देशहरूमाथि २५ प्रतिशतसम्म भन्सार शुल्क लगाउने धम्की दिनुभएको छ, जसले युरोपेली पक्षबाट अमेरिकाविरुद्ध प्रतिकारको चेतावनी आएको छ ।

Ncell 2
Ncell 2
nimb
nimb

युरोपले अमेरिकी बजारमा ‘व्यापारिक बाजुका’ प्रयोग गर्ने चेतावनी दिए पनि राष्ट्रपति ट्रम्पले ती धम्कीहरूलाई अस्वीकार गरेका छन् । एक अन्तर्वार्तामा उनले युरोपले जस्तोसुकै कदम चाले पनि अन्ततः त्यसको असर उनीहरूतर्फै फर्कने दाबी गरे । आगामी केही दिनमै समाधान खोज्न सकिने सम्भावनासमेत उनले औँल्याएका छन् ।

मङ्गलबार डाभोसमा राष्ट्रपति म्याक्रोनले अमेरिकी प्रयासले युरोपलाई अधीनमा राख्न खोजेको आरोप लगाउँदै कर धम्कीहरू अस्वीकार्य भएको बताए । राष्ट्रपति ट्रम्पले म्याक्रोनले पठाएको सन्देश सार्वजनिक गरेपछि दुई नेताबीच थप कटाक्षपूर्ण वातावरण बनेको थियो । पछि राष्ट्रपति ट्रम्पले त्यस्तो कुनै बैठकमा सहभागी नहुने बताए भने राष्ट्रपति म्याक्रोनले औपचारिक बैठक तय नभएको स्पष्ट पारे ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले अमेरिका–युरोप सम्बन्ध ‘तल झर्ने’ जोखिममा रहेको चेतावनी दिएकी छन् ।  क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले भने डाभोसमा ग्रिनल्यान्ड र डेनमार्कको पक्षमा स्पष्ट समर्थन जनाउँदै प्रशंसा पाए । उनले क्यानाडा दृढतापूर्वक डेनमार्क र ग्रिनल्यान्डसँग उभिएको बताए।

ग्रिनल्यान्डका प्रधानमन्त्रीले मङ्गलबार करिब ५७ हजार जनसङ्ख्या रहेको आफ्नो समुदायलाई सम्भावित सैन्य चुनौतीका लागि तयार रहनुपर्ने बताएका छन् । लिथुआनियाका राष्ट्रपति गिटानस नौसेदाले मित्र राष्ट्रविरुद्ध अमेरिकाले कुनै कदम चाले त्यसले ‘नाटोको अन्त्य’ हुनसक्ने चेतावनी दिए ।

यसैबीच राष्ट्रपति ट्रम्पले आफूले नाटोका लागि अरू कसैभन्दा बढी योगदान दिएको दाबी गर्दै सहयोगी राष्ट्रहरूको प्रतिबद्धतामाथि प्रश्न उठाएका छन् । उनले अन्तर्राष्ट्रिय द्वन्द्व समाधानका लागि प्रस्तावित तथाकथित ‘शान्ति बोर्ड’ को पहिलो चार्टर घोषणा गर्ने तयारीसमेत गरेको छ, जसको भूमिका गाजाबाट सुरु भए पनि कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा मात्र सीमित नहुने देखिएको छ ।

प्रकाशित मिति: बुधबार, माघ ७, २०८२  ११:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गर्न सातै प्रदेशबाट रोजगारमुखी शिक्षामा जोड
बाढी प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन
अन्नपूर्णको तेश्रो जित
सम्बन्धित सामग्री
राष्ट्रसंघको ८१औँ महासभा सुरु: ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ ‘विश्वासको पुनर्स्थापना, रूपान्तरणको व्यवस्थापन: सबैका लागि काम गर्ने संयुक्त राष्ट्रसंघ’ भन्ने नारासहित करिब २० दिन चल्ने महासभाको... बुधबार, भदौ २४, २०८३
इरानसँग युद्ध जिते तेल सस्तो हुने ट्रम्पको दाबी ट्रम्पले मध्यपूर्वमा जारी सैन्य कारबाहीका कारण ऊर्जा लागत बढेको उल्लेख गर्दै युद्धपछि बजार स्थिर हुने बताए । उनले इरानलाई आणविक हतिय... मंगलबार, भदौ २३, २०८३
चार अर्ब डलर बढीको टेलिस्कोप ‘रोमन’, जसले डार्क इनर्जी र डार्क म्याटरको प्रभाव पत्ता लगाउनेछ प्रक्षेपणको सातौँ दिन सोमबारसम्म रोमन पृथ्वीबाट करिब ७ लाख ३ हजार किलोमिटर टाढा पुगेको छ। अहिले यसको मुख्य एन्टेना, भाइजरलगायत उपकरण... सोमबार, भदौ २२, २०८३
ताजा समाचारसबै
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गर्न सातै प्रदेशबाट रोजगारमुखी शिक्षामा जोड बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन बुधबार, भदौ २४, २०८३
अन्नपूर्णको तेश्रो जित बुधबार, भदौ २४, २०८३
पब्जी मोबाईलको ग्लोबल ओपन च्याम्पियनसिप नेपालमा हुने बुधबार, भदौ २४, २०८३
सेनाले भोटेकोशीको टनेलमा थप एउटा शव फेला पर्‍यो बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राप्रपा संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने बुधबार, भदौ २४, २०८३
हयातको सानदार शतकसँगै नेपाललाई विशाल लक्ष्य मंगलबार, भदौ २३, २०८३
माइतीघरमा युवतीले गरिन् आत्मदाह प्रयास, उद्धार गरी ट्रमा सेन्टर पठाइयो मंगलबार, भदौ २३, २०८३
सेनाले भोटेकोशीको टनेलमा थप एउटा शव फेला पर्‍यो बुधबार, भदौ २४, २०८३
चिलिमे सुरुङमा उद्धारका लागि कुलमानलाई सेनाको बोलावट बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्