• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक २५, २०८२ Tue, Nov 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेविसंघकाे १२आैं महाधिवेशन अन्योलमा, उम्मेदवारी दाबीको होडबाजी

64x64
नेपाल लाइभ शनिबार, असोज २७, २०७५  ०९:५५
1140x725

काठमाडाैं– पार्टी भित्रको आन्तरिक विवादले नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशनको अन्योलता कायम नै छ। अनिश्चित रहेको महाधिवेशनमा पदका आकांक्षी विद्यार्थी नेताको दौडधुप अहिलेदेखि बढेको छ। 

_x000D_ _x000D_

३२ वर्षे उमेर हदको बाध्यात्मक परिस्थिति निर्माण भएसँगै दोस्रो तहका विद्यार्थी नेता आफ्नो स्थान सुरक्षित गर्न पूर्व तयारीमा छन्। उमेर हद कायम नहुँदा शीर्ष स्थान प्राप्त गर्नबाट वञ्चित हुने दोस्रो तहका विद्यार्थी नेताहरुलाई पार्टीले ढोका खोली दिएपछि उनिहरुको सक्रियता बढेको हो। 

_x000D_ _x000D_

संस्थापन इतर समूहको फरक मतका बाबजुत पार्टी सभापति पक्षले बहुमतको आधारमा केन्द्रीय कार्य समितिबाट ३२ वर्षे हद कायम गरेको थियो। विद्यार्थी विधानकै विषय लिएर पार्टीभित्र थप ध्रुवीकृत हुन पुगेको छ।

_x000D_ _x000D_

वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला पक्षले बहिष्कार गर्ने रणनीति बनाएसँगै बिहीबारको केन्द्रीय समितिको बैठक अनिश्चित कालको लागि स्थगन गरिएको छ।

_x000D_ _x000D_

नेविसंघले सर्वस्वीकृत गरेर पठाएको विधानलाई पार्टीले हस्तक्षेप गर्न नहुने असन्तुष्ट पक्षको तर्क छ। तर,संस्थापन पक्षले ३२ वर्षे मापदण्ड गत अधिवेशनबाट नै पारित भएको जनाउँदै कायम गर्न जोड दिएको थियो। 

_x000D_ _x000D_

पार्टीको ‘नर्सरी’संगठनको रुपमा रहेको नेविसंघमा आफू अनुकूलको विद्यार्थी नेता ल्याउने इच्छाले पनि पछिल्लो विवाद उत्पन्न रहेको बताइन्छ। केन्द्रीय कार्य समितिमा रहेका अधिंकाश नेताको पृष्ठभूमि विद्यार्थी राजनीतिबाट भएकाले आफू पक्षीय विद्यार्थी नेतालाई पदमा ल्याउन चाहेका छन्।

_x000D_ _x000D_

संघमा संस्थापन इतरको समूह हाबी हुँदै गएपछि संस्थापन पक्षले आफू अनुकुलको विद्याथीलाई नेविसंघको मुख्य पदमा ल्याउनका लागि हदबन्दी कायम गरेको आरोप लागेको छ।

_x000D_ _x000D_

उमेर हदसँगै ‘विद्यार्थी राजनीतिबाट विदा हुनेहरू 

Ncell 2
Ncell 2
_x000D_ _x000D_

३२ वर्षे उमेर हद लागेपछि पहिलो तहका विद्यार्थी नेता मौन बसेका छन्। विधान संशोधनसँगै संघको सभापतिको लागि उनीहरूको दाबी गर्ने वैधानिक बाटो सकिएको छ। वर्तमान कार्य समितिमा रहेका सभापतिका प्रत्यासी आधा दर्जन भन्दा बढीले उमेर हदकै कारण विद्यार्थी राजनीतिबाट हात धुनु परेको छ। 

_x000D_ _x000D_

देउवा नजिकका विद्यार्थी नेता सरोज थापा,पुष्पकुमार शाही, सञ्जय यादव र आनन्द त्रिपाठी सभापति बन्ने लाइनमा थिए।

_x000D_ _x000D_

उमेर हदका कारण अवसरबाट ४ जना नै वञ्चित भएका छन्। शाही र यादव उपाध्यक्ष हुन् भने थापा र त्रिपाठी वर्तमान कार्य समितिका महामन्त्री हुन्। पौडेल समूहबाट वञ्चित हुनेमा उपाध्यक्षत्रय उर्मिला थपलिया,नविन राई र प्रकाश राना रहेका छन्।

_x000D_ _x000D_

११ अाैं महाधिवेशनमा सभापतिमा पराजित मनोजमणी आचार्यलाई पनि विद्यार्थी राजनीति गर्ने बाटो बन्द भएको छ। 

_x000D_ _x000D_

उक्त समूहबाट नै गत महाधिवेशनमा महामन्त्रीको प्रत्यासी बनेका हिमालदत्त श्रेष्ठ र दीपक भट्टराईले दाबी गर्न नपाउने भएका छन्। 

_x000D_ _x000D_

नेपाली कांग्रेसको तेश्रो धारबाट सभापतिका बलियो उम्मेदवार कुन्दनराज काफ्लेलाई पनि विद्यार्थी राजनीति गर्न पार्टीले रोकिदिएको छ। काफ्लेसँगै उक्त समूहका रामप्रसाद अधिकारी पनि १२ औं महाधिवेशनमा सभापतिको आकांक्षी थिए। काफ्ले र अधिकारीलाई पनि उमेरले बन्देज लगाएको छ। उक्त समूहका वलदेव तिमल्सिना पनि आंकाक्षी थिए।

_x000D_ _x000D_

दोस्रो तहका विद्यार्थी नेताका बढ्दो सक्रियता
_x000D_ उमेर हद कायम भएसँगै विद्यार्थी संगठनको केन्द्रमा आउन खोज्ने दास्रोे तहका विद्यार्थी नेताको लर्को लागेको छ। तिनै समूहका विद्यार्थी नेताले आ–आफ्नो दाबीसहितका नाम बाहिर ल्याइरहेका छन्। आकस्मिक लाभमा पुगेका विद्यार्थी नेताले आफू नै सभापतिको दाबेदार हुनसक्ने तर्क प्रस्तुत गरेका छन्। 

_x000D_ _x000D_

देउवा समूहबाट प्रेमराज जोशीको नाम सबैभन्दा अघि आएको छ। वर्तमान कार्य समितिमा सह महामन्त्री रहेका जोशी संघको निर्देशक समितिका संयोजक तथा पार्टी सहमहामन्त्री डा प्रकाश शरण महतका ‘विश्वास पात्र’हुन्। उक्त समूहबाट नै प्रकाश घिमिरे र अम्बिका चलाउनेको नाम पनि चर्चामा आएको छ। दुवै सहमहामन्त्री हुन्। चलाउने अछामस्थित पञ्चदेवल नगरपालिकाकी उममेरयर पनि हुन्।

_x000D_ _x000D_

पौडेल समूहबाट शिव रिमाल सभापतिका बलियो प्रत्यासी हुन्। उक्त समूहबाट सागर परियारको नाम पनि चर्चामा छ। परियार महामन्त्री डा. शशांक कोइराला निकट पनि छन्। विद्यमान कार्य समितिमा परियार उपाध्यक्ष हुन् भने रिमाल कोषाध्यक्ष हुन्। 

_x000D_ _x000D_

पार्टीको तेस्रोे तहको समूह अर्थात् सिटौला नजिकका विद्यार्थी नेतामा करिब आधा दर्जनले नेतृत्वमा दाबी गर्न सुरु गरेका छन्। उक्त समूहबाट सुशिल भट्ट,निरञ्जन थापा,नवराज त्रिपाठी,शिजर भट्ट, दीपेन्द्र क्षेत्री, हरि आचार्य ,डोजाङ शेर्पा चर्चामा आएका छन्।

_x000D_ _x000D_

भट्ट केन्द्रीय सदस्य हुन् भने थापा गत महाधिवेशनमा सहमहामन्त्रीमा पराजित भएका थिए। त्रिपाठी नेविसंघको पोखरा विश्वविद्यालय संयोजक पनि हुन्। वातावरण विज्ञानमा प्राध्यापन गर्दै आएका भट्टले पनि मूल नेतृत्वमा आउने इच्छा देखाएका छन्। उक्त समूहबाट नै दीपेन्द्र क्षेत्रीले पनि इच्छा देखाएका छन्। क्षेत्री पेशाले इन्जिनियर हुन्। आचार्य त्रिवि नेविसंघ इकाईका सभापति पनि हुन्।

_x000D_ _x000D_

संघको पदीय भूमिका,क्रियाशीलता र नेताको ‘आर्शिवाद’ले नेतृत्व चयन हुने परम्परा छ। कतिपय विद्यार्थी नेताले चर्चामा आउनका लागि नाम बाहिर ल्याएको बताइन्छ। संघको पदीय वरियता र भूमिका अनुसार दाबी गर्ने हैसियत बनाएका विद्यार्थी नेता पनि छन्।

_x000D_ _x000D_

संघको महाधिवेशनमा पनि स्पष्ट पार्टीको छाया देखिने सम्भावना छ। निर्वाचन पश्चात् संस्थापन इतर समूहको गठजोड बनेकाले संघको महाधिवेशनमा पनि गठबन्धन हुन सक्ने विद्यार्थी नेताहरु बताउँछन्। 

_x000D_ _x000D_

महाधिवेशनको समयमा तीन समूहबाट मुख्यतः तीन विद्यार्थी नेता बलियो दाबेदारका रुपमा देखिने सम्भवना छ। संस्थापन समूहबाट प्रेमराज जोशी, पौडेल समूहबाट शिव रिमाल र सिटौला पक्षबाट सुशिल भट्टको नाम अन्तिमसम्म कायम हुने आंकलन गरिएको छ।

_x000D_ _x000D_

संस्थापन समूहमा जोशी पार्टी सहमहामन्त्री डा महतका प्रिय पात्र हुन्। रिमाल वरिष्ठ नेता पौडेलका गृह जिल्लाबासी हुन्। साथै नेता पौडेलका छोरा चिन्तन पौडेलसँग रिमालको सम्बन्ध प्रगाढ छ। रिमाललाई नेविसंघ पूर्व सभापति रञ्जित कर्णको पनि साथ छ। 

_x000D_ _x000D_

पार्टीको वैचारिक धारको नेतृत्व गरेका सिटौला समूहको तर्फबाट संघको महाधिवेशनमा सभापतिको प्रत्यासीमा भट्ट अगाडि देखिएका छन्। सिटौलाको साथै कांग्रेस नेता प्रकाशमान सिंह र अर्जुननरसिंह केसी पनि उनको पक्षमा छन्।

_x000D_ _x000D_

युवा नेता गगन थापा र प्रदीप पौडेलको नजिक रहेका भट्टले विद्यालय तहदेखि नै नेविसंघको राजनीति गर्दै आएका थिए। नेपाली कांग्रेसका पूर्व सभापति गिरिजा प्रसाद कोइरालाले ‘स्कुल स्कुलमा नेविसंघ’अभियानको संयोजक भट्टलाई बनाएका थिए।
_x000D_  

प्रकाशित मिति: शनिबार, असोज २७, २०७५  ०९:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी पदमुक्त
दानबहादुर कार्की ३३ औँ प्रहरी महानिरीक्षक नियुक्त
व्यक्तिगत अवसर र लाभका लागि एमालेमा फर्किएको होइन : रामकुमारी झांक्री
सम्बन्धित सामग्री
मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी पदमुक्त सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री जगदीश खरेलले बताए । सोमबार, कात्तिक २४, २०८२
व्यक्तिगत अवसर र लाभका लागि एमालेमा फर्किएको होइन : रामकुमारी झांक्री ‘सुस्केरा काढ्ने एउटै फलैचामा बसेकै राम्रो हुन्छ। बाँकी नौजवान साथीहरू आउनुस्, गोलबन्द बनौं। रामकुमारी झांक्री कुनै अवसर खोजेर न हिज... सोमबार, कात्तिक २४, २०८२
रामकुमारी र किसानलगायतका नेता एमालेमै फर्किए सो क्रममा केन्द्रीय सदस्यहरू गम्भीरलाल श्रेष्ठ, राजाराम स्याङ्तान, ध्रुव विष्ट, नवराज पौडेल, अर्जुन राई, अम्बिका राई लगायत पनि एमाले... सोमबार, कात्तिक २४, २०८२
ताजा समाचारसबै
मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी पदमुक्त सोमबार, कात्तिक २४, २०८२
दानबहादुर कार्की ३३ औँ प्रहरी महानिरीक्षक नियुक्त सोमबार, कात्तिक २४, २०८२
व्यक्तिगत अवसर र लाभका लागि एमालेमा फर्किएको होइन : रामकुमारी झांक्री सोमबार, कात्तिक २४, २०८२
महिलाको निम्ति महिला मञ्च नेपालको १६औं वार्षिक साधारण सभा र ८औं अधिवेशन सम्पन्न सोमबार, कात्तिक २४, २०८२
रामकुमारी र किसानलगायतका नेता एमालेमै फर्किए सोमबार, कात्तिक २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु सोमबार, कात्तिक २४, २०८२
दल दर्ताका लागि आयोग पुगे नेपाली कम्युनिस्ट पार्टीका नेता आइतबार, कात्तिक २३, २०८२
मधेशमा तीन मन्त्री नियुक्त, राप्रपा पनि सहभागी सोमबार, कात्तिक २४, २०८२
मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद हुँदा कर्मचारी समेत कुटिए सोमबार, कात्तिक २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
कुलमानको निर्णयविरुद्ध अदालत गए हितेन्द्र सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्