भीमदत्तनगर- कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्त हत्यारा प्रकरण अनुसन्धानमा खटिएको टोली शुक्रबार भीमदत्तनगर आइपुगकेको छ।
_x000D_
_x000D_
गत भदौ ३१ गते सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक धीरु बस्न्यातको संयोजकत्वमा गठन गरेको छानबिन टोली भीमदत्तनगर आइपुगेको हो। टोलीले उक्त घटनाको अनुसन्धानमा प्रहरी कर्मचारीको भूमिका र सम्पादन भएका कार्यको सूक्ष्म अध्ययन गर्नेछ।
_x000D_
_x000D_
प्रहरी अतिरिक्त महानिरीक्षक बस्न्यातको टोलीले अनुसन्धानमा खटिएका यहाँका २६ जना प्रहरीमाथि छानबिन भइरहेको जनाएको छ।
_x000D_
_x000D_
'अनुसन्धानका क्रममा प्रहरीबाट भएको कमजोरी र भूमिका शङ्कास्पद देखिए हामी कडाभन्दा कडा कारबाही गर्छौं,' आज बिहान कञ्चनपुरका सञ्चारकर्मीसँग घटनाबारे छलफल गर्दै छानबिन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक धीरु बस्न्यातले भने, 'छानबिन टोली दिनरात नभनेर अनुसन्धानमा खटिएको छ।'
_x000D_
_x000D_
संयोजक बस्न्यातले घटनासँग सम्बन्धित सूचना दिन सबैपक्षसँग आग्रहसमेत गरेका छन्।
_x000D_
_x000D_
शुक्रबार यहाँ पुगेलगत्तै निर्मला पन्तका पीडित परिवार, घटनास्थल, यसअघि घटनाका अभियुक्त बनाइएका दिलीपसिंह विष्टका परिवारसँग समेत छानबिन समितिले भेट गरेको छ।
_x000D_
_x000D_
त्यसैगरी आज बिहान टोलीले घटनाकै विषयमा महिला तथा मानव अधिकारकर्मीसँग छलफल गरेको छ। छानबिन समितिसँगको छलफलमा तत्कालीन अवस्थामा अनुसन्धानमा खटिएका प्रहरीले गम्भीर लापरबाही गरेको र घटना लुकाउन भूमिका खेलेको भन्दै कारबाहीको मागसमेत यहाँ गरिएको छ।
_x000D_
_x000D_
गत साउन १० गते निर्मलाको बलात्कारपछि हत्या गरिएको थियो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।