दाङ– संघीय संसदअन्तर्गत प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले नयाँ लागू भएको मुलुकी संहिताका बारेमा छलफल गर्ने बताएका छन्।
_x000D_
_x000D_
उनले प्रेसमाथि अंकुश लगाउने गरी संहिता आएको भन्ने गुनासोका बारेमा प्रष्ट पार्दै संघीय संसदमा छलफल र बहस गर्न तयार रहेको स्पष्ट पारेका हुन्।
_x000D_
_x000D_
रिपोर्टस् क्लब दाङ शाखाको वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहमा बोल्दै सभामुख महराले त्रुटी, कमजोरी भए कानुन सच्चाउन सकिने बताएका हुन्।
_x000D_
_x000D_
दाङ टरिगाँउ विमानस्थलको विकासका लागि अस्थाइ इन्धन डिपोको काम अन्तिम चरणमा रहेको जानकारी दिँदै उनले ‘फ्युल रिफ्युलर’ आउनासाथ समस्या समाधान हुने दाबी गरे। साथै दाङमा बनाउने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल दाङ विमानस्थलको विकल्प नभएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रुपमा रहेको जानकारी गराउँदै विरोध नगर्न पनि आग्रह गरेका छन्।
_x000D_
_x000D_
कार्यक्रममा नेपाल लाइभका दाङ सम्वाददाता रोशनमान श्रेष्ठसहित जिल्लाका ७ जना सञ्चारकर्मीलाई सम्मान गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।