धादिङ– पृथ्वी राजमार्गको भीमसेन स्थानबाट कच्ची सडकबाट चकमके जाँदै गरेको बा५ख २४१८ नम्बरको टिप्पर थाक्रे गाउँपालिका–१०, मानेडाँडामा शुक्रबार राति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य तीन घाइते भएका छन्।
_x000D_
_x000D_
मृत्यु हुनेमा थाक्रे गाउँपालिका–१० का ५५ वर्षीय महेश तामाङ, ६० वर्षीया सोममायाँ तामाङ र ६२ वर्षीया सावित्री तामाङ रहेको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। तीमध्ये दुईको घटनास्थलमै मृत्यु भएको थियो भने सावित्रीको उपचारका लागि काठमाडौंतर्फ लाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।
_x000D_
_x000D_
दुर्घटनामा परेको टिप्पर सडकबाट करिब ६ सय मिटर तल खसेको थियो। टिप्परमा रहेका अन्य ३ जनाको भने काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।