विश्वमै सुन्दर देश नेपाल। प्राकृतिक सुन्दरताले भरिपूर्ण, वास्तवमा कोईलाखानी भित्रको हीरा नै हो मेरो देश। सगरमाथाको उचाईले विश्वमा परिचित, गौतमबुद्धको जन्मस्थलको पवित्रताले आफ्नो छुट्टै पहिचान बनाउन सफल मेरो देश, साँच्चै महान् छ।
_x000D_
_x000D_
प्राकृतिक स्रोतसाधनले भरिपूर्ण, विश्वमै जलस्रोतको दोस्रो धनी अनि हरियो वनले भरिएको मेरो देश। हिमाल, पहाड, तराईजस्ता भौगोलिक विविधताले भरिपूर्ण छ, आफैंमा परिपूर्ण छ मेरो देश।
_x000D_
_x000D_
यति सुन्दर देश विकास, न्याय अनि सुशासनको अभावले वास्तवमा नै खोक्रो भईरहेको छ। व्याप्त बेरोजगारी समस्याका कारण हजारौं युवा खाडीमा काम गर्न बाध्य छन्। कुशासन, अन्याय, कानुनको कमजोर कार्यान्वयन र नेतृत्वको पछाैटे मानसिकताका कारण शिक्षा र सीप भएको वौद्धिक जनशक्ति विदेश पलायन हुने क्रम जारी छ।
_x000D_
_x000D_
अस्पतालमा आकस्मिक सेवा पाउनदेखि लिएर सरकारी कार्यालयमा नियम, कानूनमा किटान भएका सेवा पाउन पनि मुस्किल छ मेरो देशमा अहिले। जसको शक्ति, उसको भक्ति अनि उसैका भजन कीर्तन। सार्वजनिक पदको पगरी गुथेका पदाधिकारीको कार्यशैली, भ्रष्टचारी प्रवृत्ति अनि व्यक्तिवादी मानसिकताले आम सर्वसाधरणलाई दैनिक कार्य गर्न पनि मुस्किल छ।
_x000D_
_x000D_
सार्वजनिक यातायातमा वृद्धा र गर्भवती महिलालाई सिट नछाडी ढस्मस्एिका ‘महिलाका लागि आरक्षित सिट’मा बसेका महिला देख्दा आफैंलाई लाज लागेर आउँछ। अनि वृद्ध र अशक्त बसेको सिट पनि यो ‘महिला सिट हो’ भन्दै आउने भर्खरै बीस कटेका महिलावर्ग देख्दा साच्चै मेरो देशमा मानवता हराउँदै गएछ भन्ने भान हुन्छ। आम मानिसमा नैतिकता सक्किएर दानवीय प्रवृति हाबी हुुँदै गएको देख्दा लाग्छ, यहाँ सरकार मात्र हैन चेतनास्तर अब सक्कियो।
_x000D_
_x000D_
मिटरमा जान नमान्ने ट्याक्सी, खुद्रा नभएर बढी दिनुपर्यो भने फिर्ता नदिने प्रवृति भएका ट्याक्सी चालकहरु पनि मेरै देशमा छन्। छोटो दुरीमा जान नमान्ने, गाह्रो अप्ठ्यारो परेका बेला दोब्बर र तेब्बर भाडा माग्ने प्रवृत्ति स्थापित भइसकेको छ मेरो देशमा।
_x000D_
_x000D_
दूधे सन्तानलाई बेलुका खुवाउनकै लागि दिनभर ठेला डुलाएर हिँड्ने मानिुका सामान छरप्रष्ट पारी फालिदिने नगर प्रहरी, पद र पावर रवाफ देखाउने सरकारी प्रशासन अनि उसका कर्मचारी, अपराधी लुकाउने प्रहरी, प्रमाण नष्ट गर्ने प्रहरी, साच्चिकै ‘रक्षक’ नै ‘भक्षक’ भए मेरो देशमा न्याय र सदाचार कहिले आउने?
_x000D_
_x000D_
घरेलु हिंसा, यौनजन्य हिंसालगायत अन्य अपराध दिन प्रतिदिन बढेका बढ्यै छन्। पुरुषप्रधान संस्कारले नारीलाई कमजोर बनाएको बनाएकै छ। एक जना मानिसको न्यायका लागि सारा जनता सडकमा उत्रिनुपर्ने यो कस्तो परिस्थिति? जसलाई पर्यो उसलाई जीवनभरको पीडा त हुने नै भयो तर क्षणभर पनि पीडितलाई सान्त्वना र न्याय दिन नसक्ने यो कतिसम्म नालायक सरकार हँ?
_x000D_
_x000D_
यौन हिंसा, बलात्कार र हत्या जस्ता अपराध गर्नेलाई संरक्षण अनि आफ्नो रोजीरोटीलाई सडक छेउमा सानातिना व्यापार गर्नेलाई कारबाही? ‘सानालाई ऐन ठूलालाई चैन’ यही रहेछ।
_x000D_
_x000D_
मान्छे मार्ने चालकलाई छुट, अनि बचाउन प्रयास गर्ने स्वास्थ्यकर्मीलाई अपराधी सावित गर्ने कानुन। सही काम गर्नेलाई गाली, गलत गर्नेलाई मानपदवी र सम्मान, अस्ति भखैरै फेरि प्रमाणित गरेर देखियौ सरकार। मेरो देशमा मानवता र न्याय कुन कुनामा थन्किएका छन्, थाहा छैन।
_x000D_
_x000D_
कानुन बलियो बनाएर मात्र के गर्नु, लागू गर्नेहरु नै गलत छन् भने। मानवता, सदाचार अनि सुुशासनका लागि अब पनि थालनी नगर्ने हो भने वृद्ध–वृद्धा अनि दानवीय प्रवृति हाबी नभएका बाहेक सम्पूर्ण जनशक्ति आश्रित भएर विदेसिने छन्।
_x000D_
_x000D_
छिमेकी राष्ट्रहरु विकासका गगन चुम्दै छन्। हामी भने भएका विकासलाई पनि ओरालोतिर धकेल्दै छौं। देशको अस्तव्यस्त नियम–कानुन, प्रशासन र सरकार यसमा जिम्मेवार छ।
_x000D_
_x000D_
गल्ति गर्नेले सजाय पाउन्, मान्छेले मान्छेलाई माया अनि सद्भाव राखुन्, देशमा नियम कानुन लागू होस्, न्यायका लागि रोई कराई सडकमा आउनुपर्ने वा अनशन नै बस्नुपर्ने बाध्यता हराओस्, देशमा विकास होस्। अनि भौगोलिक रुपले मात्र होईन, हरेक कुरामा अझ सुन्दर हुनेछ मेरो देश।
_x000D_
_x000D_
फुल फुल्छ, झर्छ, फूल्ने र झर्ने क्रम चलिरहन्छ। मानव जीवनको चक्र पनि हो। हामी पनि जन्मेपछि मर्छौं तर बाँचुन्जेल सदाचार, सद्भाव अनि मानवतामा बाँधिएर बाँचौं। कसैका कमजोरीको क्षणिक फाईदा उठाएर भाग्ने अपराधीलाई राज्यले संरक्षण नगरोस्। आज अरुलाई भोली आफूलाई आईपर्न सक्ने संवेदनशील विषयमा सबैको ध्यान जाओस्् अनि हराएको मानवता, सदाचार र सुशासन फर्किएर आओस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।